भारतका विभिन्न निकायले पछिल्लो १४ महिनामा नेपाली अदुवा निर्यातमा चारपटक अवरोध गरेका छन्। पटकपकट अवरोध गरी उत्पादक र निर्यातकर्तालाई निरुत्साहित गरिएपनि नेपाली पक्षबाट पहलकदमी भने भएको छैन। यो खबर
राजेश बर्माले आजको अन्नपुर्णपोष्टमा लेखेका छन्।
पछिल्लो समय भारतले २०७३ भदौमा नेपाली अदुवामा रोक लगाएको थियो । त्यस्तै ०७३ असोजमा पनि उसले रोकलाई निरन्तरता दिएको थियो। चालु आर्थिक वर्षको पहिलो महिना साउन र असोज गरी दुई पटक भारतले नेपाली अदुवामाथि रोक लगाएको छ। तर नेपाली पक्षले भने परिणाममुखी पहल नगरेको सरोकारवालाहरुको गुनासो छ।