इजरायलका यातायात मन्त्री एसराएल काजले जेरुसेलमस्थित निर्माण गर्ने भनिएको रेलवे स्टेशनलाई अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पको नामबाट नामाकरण गरिने बताएका छन्।
ट्रम्पको नाममा रेलवे स्टेशन निर्माण गर्ने भन्दै विश्वमाझ घोषणा गरिसकेको भएपनि यो विषय अझै विवादमा रहेकाे छ। साथै मुसलमान समुदायका उच्च अधिकारीहरूले पनि इजरायली सरकारको यस्तो निर्णयप्रति विरोध जनाइरहेको सीएनएनले बताएको छ। यता इजरायलका यातायात मन्त्रालयका प्रवक्ता एभनर ओभाडियाका अनुसार कुनै समस्या नदेखिएमा यो योजना सजिलै कार्यान्वयन गर्न सकिने साथै पाँच वर्षभित्रमा नै पूरा गर्न सकिनेछ।
यता रेलवे स्टेशनलाई ट्रम्पको नाम दिनु इजरायली सरकारका लागि अर्को नयाँ चुनौति हुने अांकलन गर्न थालिएकाे छ। राष्ट्रपति ट्रम्पले भने विषम परिस्थितिमा पनि ऐतिहासिक र बहादूरीपूर्ण फैसला गरेकोमा इजरायल सरकारकाे प्रशंसा गरेका छन्।
अमेरिकाले सन् २०१७ डिसेम्बर ६ मा जेरूसेलमलाई इजरायलकाे राजधानी घाेषणा गरेकाे थियाे।