अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सम्पूर्ण सैन्य सहयोग रोक्ने घोषणा गरेको छ। आफ्नो भूमिमा आतंकवाद समाप्त गर्न असफल भएको अाराेप लगाउँदै अमेरिकाले सैन्य सहयोग रोक्ने घोषणा गरेको हो ।
बीबीसीका अनुसार अमेरिकी विदेश विभागले पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिबान विरुद्ध कारवाही नगर्दासम्म सैन्य सहयोग नगरिने बताएको छ। यसै नयाँ वर्षको पहिलो दिन ट्वीट गरेर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानमाथि झुटो बोल्ने गरेको र आतंकवादीलाई संरक्षण दिने गरेको आरोप लगाएका थिए।
ट्रम्प प्रशासनले विदेश विभागका तर्फबाट पाकिस्तानलाई दिइने २५५ मिलियन डलर आर्थिक सहयोग पनि रोकिसकेको छ। हालै अमेरीकी राष्ट्रपतिका तर्फबाट जारी गरिएको राष्ट्रिय सुरक्षा नीतिमा पाकिस्तानमाथि आतंकवाद समाप्त गर्नका लागि जारी प्रयासमा तीव्रता दिन दबाब सिर्जना गर्ने उल्लेख गरिएको थियो।
पाकिस्तानभित्र काम गर्दै आएका आतंकवादी र चरमपन्थीहरुबाट आफ्नो मुलुकलाई तीव्र खतरा रहेको अमेरिकाको बुझाइ रहेकाे विज्ञहरूले बताएका छन्।