ताइवानको राजधानी ताइपेइमा ६.४ रेक्टरको भुकम्प गएपछि कम्तिमा पाँचवटा भवनहरु ध्वस्त भएका छन। स्थानिय समय अनुसार रातको ११ बजेर ५० मिनेटमा आएको भुकम्पको झटका निकै कडा महशुष गरिएको थियो। अमेरिकी भुगर्वबिज्ञहरुले बताएअनुसार यो सबैभन्दा बलियो झटका मानिएको छ।
पुर्वी ताइपेइमा आएको ६.४ रेक्टरको भुकम्पले होटल तथा अग्ला भवनहरु लडाएको छ। 'मार्सल होटल इन हुवालिनमा केहि मान्छेहरु फसेको सुनिएको छ तर मृत्युको दुखद खवर सुन्न परेको छैन।' सरकारी अधिकारीहरुले बताएका छन।
स्थानिय संचार माध्यमहरुले बताए अनुसार ताइपेइमा रहेका कम्तिमा पाँचवटा अग्ला भवनहरु पुर्णरुपमा ध्वस्त भएका छन। गएको आइतवार आएको भुकम्पपछिको यो ९४ औं झटका हो।