आगामी सेप्टेम्बरमा हुने केन्द्रीय संसदीय निर्वाचन आउनु अघि गरिएको एक सर्वेक्षणमा फेरि पनि जर्मन चान्सलर एन्जेला मर्केल नै सबैभन्दा लोकप्रिय देखिएकी छन्।
निर्वाचनको करिब दुई महिनाअघि गरिएको उक्त सर्वेक्षणअनुसार चौथो कार्यकालमा पनि उनी नै चान्सलर हुनसक्ने प्रतिवेदन बुधबार सार्वजनिक भएको छ ।
त्यस्तै, अनुदारवादी भगिनी पार्टीहरु क्रिश्चियन डेमोक्रेटिक युनियन र क्रिश्चियन सोसियल युनियनले ४० प्रतिशत इलेक्ट्रोरल मत पाउने सर्वेक्षणले देखाएको छ। पूर्व राष्ट्रपति मार्टिन स्चुल्जको नेतृत्वको सोसियल डेमोक्रेटिक पार्टीले २२ प्रतिशत ल्याउने अनुमान गरिएको छ ।
अन्य उम्मेदवारको तुलनामा मर्केलबाट नै मतदाता सन्तुष्ट भएको पाइएको छ । १२ वर्षदेखि जर्मन चान्सलर रहेकी मर्केललाई अहिले पनि ५२ प्रतिशत मतदाताको समर्थन पाइएको छ ।
बामपन्थी पार्टी लिङ्कले ९ प्रतिशत, फ्रि डेमोक्रेटिक पार्टी र ग्रिन पार्टीले ८ प्रतिशत समर्थन पाएका छन् । त्यसैगरी दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनीले ७ प्रतिशत मत पाउने सर्वेक्षणले देखाएको छ । रासस/सिन्ह्वा