नेपालमा जाडोले ठिही लागेको बेला सिड्नी शहरको पश्चिमी क्षेत्र पेनरीथको तापक्रम ४७.८ डिग्री सेल्सियस् पुगेपछि यँहाका जनजीवन प्रभावित बनेका छ। सीड्नी वरपरका क्षेत्रहरुमा भने ४० देखि ४४ डिग्री सेल्सीयम तापक्रम मापन गरिएको छ।
प्रचण्ड गर्मीका बेला विद्युत आपूर्तिसमेत बन्द भएका कारण हजारौं मानिस प्रभावित भएका छन्। सरकारले गर्मीका कारण आगो लाग्ने डरले पार्टी तथा पार्कहरूमा बार्बीक्यूमा समेत प्रतिबन्ध लगाएको छ। कल्याणकारी संस्थाहरुले घरबारविहीन मानिसलाई पानी र चीसो सामाग्री वितरण गरेका छन्।
यसअघि सिड्नीमा सन् १९३९ मा सबैभन्दा बढी गर्मी ४७ डीग्री महसुस गरिएको थियो।
अत्याधिक गर्मीका कारण अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितासमेत स्थगित गरिएको थिया।
सिड्नी क्रिकेट ग्राउन्डमा टेस्ट म्याच खेलिरहेका इङल्याण्डका ब्याट्सम्यानहरुले अत्याधिक गर्मीका कारण खेल खेल्न निकै संघर्ष गरेका थिए।
गर्मीयाममा अष्ट्रेलियाका वन जंगलमा डढेलोका धेरै घटना घट्ने गर्छन्।
आईतबारका प्रचन्ड गर्मीले धेरै मानिसहरू घरमै बसेका थिए भने केही गर्मी छल्न समुन्द्री किनारमा पुगेका थिए। नेपालीहरूको बाक्लो उपस्थिति रहेको ग्रानभील, अर्वन अनी रकडेल र कीग्राह क्षेत्रमा पनी गर्मीले उंखरमाउलो मच्चाएको थियो।