गत अक्टुबरमा गैर आवासीय नेपाली संघ (एनआरएन) को निर्वाचनबाट विजयी भएपछि म करिब हप्तै पिच्छे नेपाल पुगेर संघको बिविध गतिविधिमा सहभागि भइसकेको छु।
निर्वाचन भएपछि पहिलो पटक भौतिक उपस्थितिमा संघको कार्ययोजना र यसको तर्जुमाका विषयमा तीन दिने बैठक पहिलो पटक धुलिखेलमा सम्पन्न भयो।
त्यसपछि संघले प्रारम्भ गरेका दुई अपुरा योजना लाप्राक र एनआरएन भवनको विषयमा हामीले ब्यापक छलफल र बिमर्श गरी त्यसलाई द्रूत गतिमा अगाडि बढाउने काममा जुटेका छौ। त्यति मात्र होइन त्यस बाहेक संघका अन्य कृयाकलापमा समेत टिमको सहभागिता उल्लेख्य रुपमा बढेको छ।
नेपाल सरकारका बिभन्नि निकायसँग भेटघाट र लगानी भित्र्याउने विषयमा निकै महत्वपूर्ण छलफलसमेत भइसकेको छ। यस बिचमा म पटक पटक लाप्राक समेत पुगिसकेँ। लाप्राकलाई हामीले नमुना बस्तीका रुपमा पेश गरेका थियौ।
एनआरएनले गरेको बचनबद्धता अनुरुप यसलाई नमुना बस्ती बनाउनु हाम्रो सामू अझै चुनौती छ। हामीले यस बस्तीमा केही अपुग ट्वाइलेट थप्ने सोच बनाएका छौ।
एनआरएन अविछिन्न उत्तराधिकारीका संस्था हो, यसमा ब्यक्तीको निर्णय भन्दा संस्थाको गरिमा महत्वपूर्ण हुन्छ । निर्वाचन र नेतृत्व त सञ्चालनका विधि र प्रकृया मात्र हुन्। संस्थामा रहँदा सबै चिज देख्ने अनि नरहँदा केही नदेख्ने प्रवृति ठीक होईन। त्यसैले यस संस्थामा नयाँ नेृतत्व आएको सय दिन पनि नपुग्दै केही निराधार र कपोकल्पित हल्ला चलाइन थालेको छ। हामीले एनआरएनको गरिमा पहिलेभन्दा थप उचाइमा पुर्याउने छौ, किमार्थ घटाउने छैनौं।
यसअघि एनआरएनको रकम राखिरहेको बैंकभन्दा मेघा बैंकले थप आकर्षक ब्याज दिने भएकोले हामी संस्थाको हितका खातिर रकम मेघा बैंकमा सार्ने काममा लागेका हौ। त्यो ब्याजले लाप्राकलाई नमूना बनाउन थप सहयोग पुग्ने विश्वास लिएका छौ। सानिमा बैंकमा पैसा राख्यो भनेर हल्ला गर्नेहरूका लागि यो जानकारी पनि हो।
यस्तै हामीले एनआरएन भवनलाई थप सेवा र सुविधा अनि आम्दानीको श्रोत बाँधीने ढाचाँमा निमार्ण कार्य अगाडि बढाएका छौ। माथिल्लो तल्लामा भाडामा लगाएर आम्दानी बाध्न सकिने ठूलै खाले सभा कक्ष बनाएर एनआरएन अफिसलाई आर्थिक रुपमा दिगो र आत्मनिर्भर बनाउने अभियान सुरू भैसकेको छ ।
त्यती मात्र होइन हिजोको दिनमा गाह्रो अप्ठ्यारो फुकाउन उद्योग वाणिज्य संघको भवनमा एनआरएन कार्यालय राखिएता पनि हाल कार्यालयलाई सहजिकरणका लागि सारिएको छ। अर्काको भवनमा भीडभाड बिच एनआरएन अभियान अगाडि बढाउने सचिवालयको कामकाज गर्न गाह्रो अप्ठयारो महशुस भएको कर्मचारीकै गुनासो आएपछि यसलाई हालका लागि भगवतीबहालमा सारिएको हो।
यो भवन निर्माणस्थलबाट पनि अत्यन्तै नजिक भएकाले कामकाजमा सहयोग पुगेको छ ।
मैले प्रारम्भ देखिनै भनेको छु, ‘एनआरएन भनेको विश्वमा छरिएर रहेका नेपालीहरुको साझा संगठन हो। यतिखेर विश्वभर फैलिएको एनआरएन अभियानले सबै प्रवासी नेपालीलाई समेटने काम गर्दै आएको छ। यसलाई थप फैलाउने कार्यमा हामी लागि परेका छौ।
अन्तर्राष्ट्रिय जगतमा विश्वासिलो साझेदारसमेत बनेको यस संस्थालाई मेरो र तेरो हैन, हाम्रो र राम्रो संस्था बनाउन हामी सबै लाग्नुपर्छ। हामी केही दिन आएका हौ, लिन र पाउन होईन।
(भवन भट्टसँगको कुराकानीमा आधारित)