सीड्नीमा सीडनीको ब्यस्त पर्यटकीयस्थल न्यु टाउनमा तीस वर्षिय नेपाली युवा ब्राजिल गुरूङ मृत अवस्थामा फेला परेका छन्।
उनीसँगै ब्रिटीस ब्याकप्याकर प्रेमिका एमेलिया ब्लाक पनि मृत अवस्थामा भेटिएकी छिन्। चिपनडेलको एउटा रेस्टुरेन्टमा सेफको काम गर्ने गुरूङ र उनकी प्रेमिकाको न्युटाउनस्थित उनको डेरामा मृत अवस्थामा भेटिएपछि प्रहरीले शवको पोष्टमार्टमको लागि अस्पताल लगेको छ।
केटीभन्दा केहि जेठा गुरूङले पहिला ब्रिटिस गर्लफ्रेन्डलाई हिर्काएर आफू पनि सुसाइड गरेको हुनसक्ने अस्टेलियाबाट प्रकाशित हुने डेली टेलिग्राफ र मिररले उद्दृत गरेका छन्।
करिब आठ महिनाअघि अस्ट्रेलिया आएकी ब्रिटिस एमेलियाले केही समय भिक्टोरियाको फार्ममा काम गरेर सीड्नी आएकी थिइन्। सीड्नीमा एकै रेस्टुरेन्टमा काम गरेपछि यी दुई बिच आपसी सम्वन्ध गासिएको थियो।
प्रेमिसँगै बस्दै आएकी एमेलियाको टाउको र हातमा चोट देखिएको छ। यस्तै उनका प्रेमी गुरूङले घाँटीमा पाँसो लगाइएको देखिन्छ। यकिन यही हो भन्न सकिने अवस्था छैन, तर अस्ट्रेलियन र ब्रिटिस मिडियाले भने गुरुङले हत्या गरेर आफूले आत्महत्या गरेको आशंका गरेका छन्।
प्रहरीले पोष्टमार्टम प्रतिवेदन आएपछि मात्र सत्यतथ्य आउने जनाएको छ। छिमेकी तथा रेस्टुरेन्टका सहपाठीले गुरुङ मिलनसार रहेको र दुबै हासिखुसी बसेको देखेको बताएका छन्।