बजारमा जान्नेका लागि ब्यापारका अनेक काइदा र फाइदा छन्। थोरै मुनाफामा पनि आकर्षण काम गरेर दाम कमाउन सकिन्छ भन्ने सोचले यतिखेर बजारमा चर्चा कमाएको छ।
यतिखेर एउटा आकर्षक नाराका साथ सिड्नीमा एस एन्ड एस फाइनान्सले आफ्नो ब्यवसाय प्रारम्भ गरेको छ। होम लोन अर्थात घर कर्जाको लागि भर्खरै बजारमा स्थापीत एस एन्ड एस फाइनान्सले ऋण लिनुस, घुम्न जानुस् भन्ने नारा बजारका ल्याएको छ।
ऋण लिने भनेको टाउको दुखाउनु हो तर यहाँ ऋण लिएर पनि मस्ती गर्नुहोस् भन्ने आसयमा नारा बनाइएको छ।
नेपाली समाज बढ्दै गर्दा सीड्नी वरपर घर किन्नेहरुको लामो ताँती नै लागेको छ।
सबैले एकमुस्ट पैसा हालेर घर किन्न मुस्कीलै हुन्छ। त्यसैले सबैले एजेन्ट मार्फत होम लोन लिने गरेका छन्। सिड्नीमा यसै साता आफ्नो कार्य प्रारम्भ गरेको एस एन्ड एस फाइनान्स एन्ड होम लोनले आफूलाई आउने कमिसनवाट ऋण लिने परिबारका एक जोडीलाई बिदेश घुम्न प्याकेज दिने घोषणा गरेको हो।
हामीले यो काम प्रारम्भ गर्दै गर्दा ग्राहकको सन्तुष्टीलाई मध्यनजर राख्दै यस्तो प्याकेज ल्याएको यसका निर्देशक सुनिल उप्रेतीले बताए। उप्रेतीले भने, ‘आउने कमिसनबाट ग्राहकलाई पनि आकर्षक उपहार दिँदा दुबै पक्ष लाभान्वित होस् भन्ने हाम्रो उद्देस्य हो।’
सिड्नीको योर्क स्ट्रीटमा रहेको होम लोनले आफ्ना ग्राहकलाई आत्मसन्तुष्टी र भरपुर सहुलियत दिने योजना बनाएको बिजनेश डेभलोपमेन्ट अफीसर अनिना मर्हजनले बताइन्।