अस्ट्रेलियाको प्रतिपक्षी दल लेबरले दक्षिण एशियाली राष्ट्रसँगको आपसी सम्वन्ध र भाइचारालाई अगाडि बढाउँदै दक्षिण एसियाप्रति हेरिने नीतिलाई महत्वको विषय भित्र राख्ने जनाएको छ।
दक्षिण एशियाली मुलका लेबर समर्थकको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा लेबरका नेता क्रिस ब्राउनले भारत, नेपाल र श्रीलंका लगायतका देशसँगको आपसी सम्वन्धमा सुधार गर्दै लाने नीति रहेको बताए ।
लेबरका स्थानीय दक्षिण एशियाली मुलका कार्यकर्ता हरिस भेलजी, आयषा अहमद, गोवा कटुवाल, बालाजि बैकटराजन, मक्सुद नागीलगायतले आयोजना गरेका दक्षिण एशियाली मिडियाको भेलामा पूर्व अर्थ मन्त्रीसमेत रहेका लेबरका नेता ब्राउनले बहुसांस्कृतिक समाजमा सबैको पहिचान जरुरी हुने पनि बताए ।
‘यो सुन्दर देशमा विश्वका सयौ राष्ट्रबाट आएका ब्यक्तीको बसोबास छ, सबैको आ-आफ्नै धर्म संस्कृति र पहिचान छ, सबैले सबैको आस्थाको सम्मान गर्न सकेमा मात्र बहुसांस्कृतीक समाज सफल हुन्छ भन्ने हाम्रो विश्वास हो,’ उनले बताए।
कार्यक्रममा लेबरका नेता तथा आगामी प्रि-मीयरका दाबेदार लुक फोयले लेबरले दक्षिण एशियाली राष्ट्रहरुमा आफ्नो ब्यापार, ब्यवसायलाई बिस्तार गर्ने योजना बुनेको बताए। ‘यति ठूलो क्षेत्रमा हाम्रा थोरै सहकार्यहरू मात्र छन् त्यसमा वृद्धि गरेर यो समाजसँगको हाम्रो सम्वन्ध प्रगाढ बनाउने हाम्रो लक्ष्य छ।’
विशेषतः दक्षिण एशियाली लेबरका संयोजक हरिस भेल्जी र आयाषा अहमदको यो प्रयासलाई लेबरका नेताहरुले महत्वपूर्ण अवसरका रुपमा रहेको बताए।
कार्यक्रममा दक्षिण एशियाली मुलुकबाट अस्ट्रेलियामा आएर बसोबास गर्ने समुदायका नेता तथा पत्रकारहरुको उपस्थिति थियो। कार्यक्रममा लेबर पार्टीका सांसद तथा छाया मन्त्रीहरू मिचेली रोनाल्ड, ज्यासोन क्लेयर , म्याट टिस्टलवेट लगायतले लिबरलको बोली र ब्यवहारमा फरक देखिएका कारण पनि आगामी निर्वाचनमा लेबरको बिकल्प नरहेको बताए। कार्यक्रममा एनएसडब्लु लेबरका प्रमुख लगायत थुप्रै सांसदहरुको उपस्थिति थियो।
कार्यक्रममा साउथ एशियाली लेबर अन्तर्गत रहेका सबै देशका प्रतिनिधिको समेत उपस्थिति थियो । नेप्लीज फ्रेन्ड्स अफ लेबरका संयोजक गोवा कटुवालले कार्यक्रमका सहभागिलाई धन्ववाद दिँदै मिडिया सम्मेलन उपलब्धिमुलक रहेको बताए।