अष्ट्रेलियमा रहेका नेपालीहरूले चाडबाड मनाउने क्रममा होली पर्व पनि धुमधामले मनाउने भएका छन्। होली पर्वलाई निरन्तरता दिदै नेप्लिज स्कुवाड इन्टरटेन्मेन्टले “एक्पर्ट होली मेला-२०१८’ अयोजना गर्ने भएकाे छ ।
होलीको पहिलो कार्यक्रम यही फेब्रुअरी २५ मा रकडेलको वाइसेन्टिनियल पार्कमा बिहान १२ बजेदेखि साँझ १० बजेसम्म सिड्नीमा आयोजना हुनेछ।
सिड्नीका अलवा ब्रिस्वेनमा फेव्रुअरी २४, एडिलेडमा मार्च १, क्यानवेरामा मार्च ३ र मेलबर्नमा मार्च ४ मा सो एक्सर्पट होली मेला सञ्चालन हुने अयोजकले जानकारी दिएको छ।
काठमाडौं टुर्स अनि एस पिपलको सहकार्यमा सञ्चालन हुने कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकका एक गगन बीडारीले बताए।
कार्यक्रमका मुख्य आकर्षण मध्येमा गायक दिपक वज्राचार्य, गायिका इन्दिरा जोशी, गायक गिरिश खतिवडा र कार्टुन क्रुजका सदस्यहरुले आफ्ना आकर्षक प्रस्तुतिहरु पस्कने संयोजक दिपेश श्रेष्ठले जानकारी दिए।
सिड्नीमै बसोबास गर्दा आएका चर्चित ऱ्यापर सुदिन पोखरेल पनि निकै लामो समय पछि स्टेज उत्रदैछन्। कुनै बेला एउटै व्याण्डमा सहकार्य गरेका गिरिश खतिवडा र सुदिन पोखरेल डेढ़ दसकपछि एकै पटक स्टेजमा देखा पर्न लागेका हुन्। कार्यक्रममा स्थानीय कलाकारहरुका प्रस्तुति पनि समेटिने आयोजकले जनाएको छ ।
कार्यक्रममा स्वादिस्ट नेपाली खानाको स्टल र मुख्य आकर्षणको रुपमा भने नेपालीहरुको पहिलो हार्डली डेभिडसन समूह गोर्खाज हार्डली ग्रुप छ ।
‘हाम्रो पहिचानका रूपमा रहेको कला संस्कृति र चाडवाडलाई सबै मिलेर मनाउन सहयोगीको भुमीका निर्वाह गरेका हौ,’ एक्सपर्ट एजुकेसनका निर्देशक बद्री अर्यालले भने
अस्ट्रेलीयामा छरिएर रहेका नेपालीलाई पर्व मार्फ़त एकताको सुत्रमा बाध्ने र यहाँ रहेका नयाँ पीढीलाई हाम्रो कला संस्कृति चिनाउने माध्यम पनि बन्ने एक्सपर्टका अर्का निर्देशक सन्जीव शर्माले सेतोपाटीलाई बताए।