अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली समाज बाक्लिने क्रम बढ्दो छ। निकै शान्त राजधानीमा समय र अवसरका खोजिमा आउने नेपाली विद्यार्थीको चाप पनि निकै बढेको छ। यसै क्रममा सिड्नी केन्द्रबिन्दु बनाएर अगाडि बढेको राइट एन्ड एशोसियट्सले आफ्नो सेवा बिस्तार गर्ने क्रममा क्यानबेरामा पनि शाखा सुरु गरेको छ।
क्यानबेरामा रहेको क्यानबेरा नेप्लीज फुटबल क्लबको मुख्य प्रायोजकका रूपमा राइट एन्ड एशोसियट्सले आइतबार खेलाडीलाई जर्सीसमेत वितरण गरेको छ।
क्यानबेरामा नेपालीसहित अन्य विद्यार्थीको आगमनको क्रम बढेसँगै अध्यागमन तथा शैक्षिक सेवा दिने कन्सल्टेंसीहरुको संख्या पनि बढेको छ। यसै क्रममा राइट्स एण्ड एसोसियट्सले पनि आफनो शाखा क्यानबेरामा बिस्तार गरेको हो।
आफ्नो सेवाको जानकारि दिने उद्देश्यले बेष्टन पार्क यारालुम्लामा एक कार्यक्रमको आयोजना गर्दै राइटका निर्देशक बालचन्द्र भट्टराइले शैक्षिक तथा अध्यागमन परामर्शको आवश्यकता महशुस गरेर राइट एन्ड एशोसियट्स क्यानबेरा आइपुगेको बताए।
एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष राजन ढुंगेल तथा एएनएफएसका अध्यक्ष जिवन रानाले राइटको सफलताको कामना गरेका थिए।
भट्टराईले सेवा सँगै समाजसेवामा पनि आफ्नो उपस्थिति जनाउन राइट एण्ड एसोसीयट्सले क्यानबेरा नेप्लिज फुटबल क्लवसँग हातेमालो गरेर अगाडि बढेको समेत बताए।
क्यानबेराका समाजसेवी तथा अगुवा डा कृष्ण हमालले फुटबल क्लवका प्रशिक्षक दिपक हमाल, क्लबका अध्यक्ष चुडामणी सापकोटा र अन्य खेलाडीहरुलाइ जर्सी हस्तान्तरण गरेका थिए।
कार्यक्रममा डा कृष्ण हमाल, क्लबका अध्यक्ष चुडामणि सापकोटाले बोल्दै खेलले अनुशासन, नैतिकता र बौद्धिकता सिकाउनुका साथै देश चिनाउन पनि सफल हुने बताए।
एसोसियट्सका क्यानबेरा प्रमुख दीपेन्द्र अधिकारी र ब्यबस्थापक हर्षन श्रेष्ठले शैक्षिक सेवासँगै नागरिक समाजसग हातेमालो गरेर आफूहरू अगाडि बढ्ने सुनाए। कार्यक्रममा राइट एन्ड एशोसियट्सका परामर्शदाता दिनेश पराजुली, एकेन्द्र अधिकारी, आशिष अधिकारी लगायतको उपस्थिति थियो।