नेपाल रिक्रिएसन क्लब (एनआरसी) को आयोजनामा आगामी मार्च ३० देखि अस्ट्रेलियाको सिड्नी ओसेनिया नेपाली स्पोर्टस मिटको आयोजना हुने भएको छ।
एनआरसी क्लबको आयोजनामा अप्रिल २ सम्म हुने ओसेनिया स्पोर्टस मिटमा अस्ट्रेलियाका सबै राज्यमा छरिएर रहेका नेपाली तथा न्युजिल्यान्ड अनि पपुवा न्युगिनीका नेपाली खेलाडीको सहभागिता रहने क्लबका पूर्वअध्यक्ष जविन श्रेष्ठले बताए।
लामो समयदेखि अस्ट्रेलियामा रहेका नेपालीबीच खेलकुदको माध्यमवाट आपसी भाइचारा साट्दै आएको क्लबले पछिल्ला केही वर्षदेखि ओसेनिया खेलकुद महोत्सव आयोजना गर्दै आएको छ ।
प्रतियोगितामा फुटबल, भलिबल, ब्याडमिन्टन, गल्फ, टेनिस, टेबल टेनिस, बास्केटबल, क्रिकेट र पाँच किलोमिटर दौड सामेल गरिएको श्रेष्ठले जानकारी दिए।
ब्यस्त जीवनका वाबजुद खेलकुदको माध्यमले तन्दुरुस्त बन्नुका साथै आपसी सदभाव तथा भाइचारा बढाउने प्रतियोगिताको मुल उद्धेस्य रहेको उनले सुनाए।
बृहतर रूपमा सम्पन्न हुन लागेको यस खेल महोत्सबलाई सफल पार्न न्यू साउथ वेल्समा जविन श्रेष्ठ र बिष्णु हमाल, साउथ अष्ट्रेलियामा सुपक अधिकारि र सन्तोष अधिकारी, क्युन्सल्यान्डमा हरि खड्का र अभिमन्यु केसी, वेस्टर्न अष्ट्रेलियामा दीपक बस्नेत र रुस्तम मास्के, भिक्टोरियामा जोग लिम्बु र मधु पोखरेल, डार्बिनमा सुदीप श्रेष्ठ र हेम पुन, क्यानबेरामा डा. दुर्गा कंडेल, ज्ञानु सापकोटा र निरज जोशी, तास्मनियामा पुनम पन्त र रामचन्द्र चालिसे, पपुवा न्युगिनीमा राजबहादुर शाही र न्युजिल्यान्डमा केश गुरुङ र महिला तर्फ मिना शर्मा, कुमारी गुरुङ र सहारा बस्नेत सहजकर्ताका रुपमा रहेको एनआरसीले जनाएको छ ।