अस्ट्रेलियन शैक्षिक परामर्शदाताको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट एलाइन्स (एका) को आयोजनामा आगामी अप्रिल २० तारिखमा दिन सिड्नीमा एक दिने ‘एका एजुकेशन एन्ड माइग्रेशन फेयर २०१८’ हुने भएको छ ।
सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा एकाका अध्यक्ष निरज श्रेष्ठले ब्यापार र सामाजिक दायित्व फरक-फरक पाटा भएकाले विद्यार्थीका हितका लागि यो एक दिने शैक्षिक मेला आयोजना गर्न लागिएको बताए।
अध्यक्ष श्रेष्ठले कतिपय कलेजले पढ्नै नपर्ने कोर्सहरू पनि पढाइरहेको सन्दर्भमा एकाले आवाज उठाएको उदारहण दिँदै भने, ‘हामीले शैक्षिक सेवासँगै मेवा मात्र हैन विद्यार्थीका लागि कल्याणकारी कार्य पनि गर्दै आएको बताए।
श्रेष्ठले हरेक वर्ष परिवर्तन हुने शैक्षिक नीति र अध्यागमन कानुनका विषयमा जानकारी दिने उद्धेश्यले पनि यो कार्यक्रम महत्वपूर्ण हुने बताए।
पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष भुपाल सिटौलाले ब्यापार पर्वधन मेलाको मुख्य ध्येय रहे पनि विद्यार्थीका साझा समस्याको पहिचान र त्यसको समाधानका लागि संघले आफ्नो प्रतिबद्धता जाहेर गर्दै आएको बताए।