अस्ट्रेलियामा रहेका सत्तारूढ तथा प्रतिपक्षी राजनीतिक दलका संसदीय समावेश अस्ट्रेलियन नेपाल संसदीय समूह गठन भएको छ।
राजधानी क्यानबेरास्थीत संसदीय भवनमा एक र्कायक्रमबीच अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पासमेतको उपस्थितिमा ३६ सदस्य सम्मीलित अस्ट्रेलियन नेपाल संसदीय समूह सठन भएको हो।
समितिको उप संयोजकमा माननीय सांसदहरू एन सडमालीज र पीटर खलील छन्। नवगठित समितिका सदस्यहरूमा सिनेटर काट्रीयाना बिल्क, सिनेटर कारोल ब्राउन, सांसद लिन्डा बर्नी, निक क्याम्पेन, लिसा चेस्टर्स मिल्टन डीक, माइक फ्रील्यान्डर, स्टीभ जार्जनास, लुक गोस्लीङ, टिम हामोन्ड, क्रिस हाएस,जलियन हिल, स्टेफन जोन्स, पीटर खालिल ,सिनेटर किम्बरली किचिङ, डेविड लिटिलप्राउड, नोला मारिनो, क्याथे म्याग्वान सिनेटर बिग्रेड म्याकेन्जी, ब्रयान मिचेल, रब मचेल, सिनेटर क्लेरी मुरे, सम्मानीय ब्रेन्डन ओकर्नर, जुलि ओवन, स्टुर्वाट रोर्वट्स, मिचेली रोल्यान्ड, सिनेटर स्कट रायन, टोनी स्मीथ, सुसन टेम्पलम्यान, मारिया भेर्नभाकिनोउ, एन्ड्रयू वालेस मुर्रेबाट र पेन्नी वाङ छन्।
अस्ट्रेलियन संसदका निकै बलिया हस्तीहरुको समेत यस समूहमा सहभागिता रहेकोले भबिष्यमा नेपालसँगको सहयोग आदान प्रदानमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने राजदूत लक्की शेर्पाले सेतोपाटीसँग बताइन्। राजदूत शेर्पाले नेपालमा पनि अस्ट्रेलियन राजदूतावास मार्फत नेपाल अस्ट्रेलिया संसदीय समूहसमेत गठन गरेर दुई देश बिचको राजनीतिक साइनोलाई उजिल्याउने प्रयासको समेत थालनी गरिने बताइन्।
कर्यक्रममा सहभागी एनएसडब्लुका महावाणिज्यदूत दीपक खड्काले अस्ट्रेलियामा नेपाली समुदाय बढ्दै जाँदा यहाँको राजनीतिमासमेत सकारात्मक प्रयास परेको बताए।
अस्ट्रेलियामा रहेका प्रवासी नेपालीहरुको मिहिनेत, इमानदारीता र पौरखका कारण पनि अस्ट्रेलियन सांसदहरुको नेपालप्रतिको आकर्षण बढेको खड्काले बताए।
अस्ट्रेलियाका दुई महत्वपूर्ण राजनीतिक पार्टी लेबर र लिबरलका सांसदहरुको नेपालप्रतिको माया साच्चीकै लोभलाग्दो रहेको कार्यक्रममा सहभागि एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष राजन ढुगेंलले बताए।
‘परराष्ट्रका पुराना अनुभवी ढुंगेलले नेपाल देशसँग जोडिएका यी महत्वपूर्ण संसदीय समितीका सदस्यहरुको हामीप्रतिको लगावलाई सहयोगको रुपमा रुपान्तरणको यो पहिलो खुट्किलो हो,’ उनले भने।