क्रिकेटसँगै फुटबलमा पनि अगाडि बढेको अस्ट्रेलियामा केही नयाँ पुस्ताका नेपालीले पनि आफूलाई प्रतिस्पर्धीका रूपमा मैदानमा उभ्याएका छन्।
हालै मात्र राज्यस्तरीय फुटबल प्रतियोगितामा नेपाली मुलका युवा प्रतिक नापीत छनोट भएपछि उनको चर्चा चुलिएको हो। स्कुले फुटबलमा उत्कृष्ट प्रर्दशन गर्दै आएका प्रतिक नापीतले न्युसाउथवेल्सको बाथस्र्टमा अर्को साता आयोजना हुने अन्तरराज्य अन्तर स्कुल फुटबल प्रतियोगितामा सिड्नी नर्थको तर्फबाट प्रतिनिधीत्व गर्ने मौका पाएका हुन्।
फुटबलका पुराना खेलाडी श्री नापीतका छोरा प्रतिक यतै हुर्केका नयाँ पुस्ताका खेलाडी हुन्। मध्यपंक्ती तथा अग्रपंक्तीमा निकै छरिता मानिने प्रतिकले अन्तरस्कुल फुटबलमा स्कुलको प्रतिनिधत्व गरेर कयैन गोल गरिसकेका छन्।
फुटबललाई नै क्यारियर बनाउने उद्धेस्य बोकेका प्रतिकलाई यसअघि जापानी क्लबले पनि ब्यवसायिक फुटबलको लागि निम्तो दिएको थियो। स्कुले जीवनको अन्ततिर पढाइलाई पनि ध्यान दिनुपर्ने हुँदा प्रतिकले अहिले चाहेजति समय दिन नसकेको उनका पीता श्री नापीत बताउँछन्।
भबिष्यमा फुटबलमै रम्न चाहने प्रतिक भबिष्यमा ब्यवसायीक फुटबलर बन्ने लक्ष्य बोकेका छन्।