एक्सपर्ट एजुकेशन एन्ड माइग्रेशन सर्भिसले सिड्नीमा शनसबार एक दिने एजुकेशन एन्ड माइग्रशेन सेमिनारको आयोजना गरेको छ।
अस्ट्रेलियामा उच्च अध्ययनमा आउने विद्यार्थीका लागि ब्रान्ड बनिसकेको एक्सपर्ट एजुकेशनले विद्यार्थीको हितलाई ध्यानमा राखेर एक दिने शैक्षिक तथा अध्यागमन सम्वन्धी सेमिनार सिड्नीको टाउनहलस्थीत रिज होटलमा आयोजना गरेको हो।
शैक्षिक तथा अध्यागमन बिषयमा छुटटाछुटटै शेसन राखिएको सेमिनारको पहिलो सत्रमा अस्ट्रेलियामा रहेको विद्यार्थीको स्थायीत्वको सवालमा ४८९ भिसा र १९० भिसाका विषयमा तास्मानिया, डार्बिन र क्यानबेरा जस्ता रिजनलहरुको सम्भावना र सरकारी नीतिका विषयमा विशेष जानकारी गराइएको थियो ।
पहिलो सत्रमा अध्यागमनका विषयमा प्रोफेसनल इयर, नाटी तथा सीसीएल कोर्ससँगै पछिल्लो समयमा अस्ट्रेलियन सरकारको नयाँ नीति र पीआरका लागि आवश्यक अंकका बारेमा बिज्ञ टोलीले जानकारी गराएको एक्सपर्टका निर्देशक बद्री अर्यालले बताए।
होटल रिजमा आयोजना गरिएको सो शैक्षिक तथा अध्यागमन मेलामा अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालयका प्रतिनिधिकोसमेत उपस्थिति थियो ।
शैक्षिक मेलामा प्रतिनिधीसँग विद्यार्थीले आफ्ना जिज्ञासाहरु सिधै बिश्व बिद्यालय र बिज्ञहरुसँग राखेका थिए ।
‘हामीले विद्यार्थीका जिज्ञासा र अध्यागमनका अप्ठ्याराका विषयमा यहाँ रहेका विद्यार्थीलाई सहज होस भन्ने हेतुले यो शैक्षिक तथा अध्यामगन सेमिनार आयोजना गरेका हौ, पर्यटनदूतसमेत रहेको निर्देशक अर्यालले सेतोपाटीसँग भने।
सेमिनारमा विद्यार्थीका लागि निःशुल्क मोक टेष्टसमेत ब्यवस्था गरिएको र विश्वबिद्यालयमा प्राप्त गर्न सकिने छात्रवृत्ति र विद्यार्थीका कल्याणकारी विषयमा समेत परामर्श दिइएको एक्सपर्टका भुवन पाण्डेले बताए।
कार्यक्रममा करिब दुई सयभन्दा बढी नेपाली तथा बिदेशी विद्यार्थीले सो शैक्षिक मेलावाट बिभिन्न बिषयमा जानकारी लिएका थिए।