जनसम्पर्क समिति अष्ट्रेलियाको पहिलो अधिवेशन मेल्वर्नमा सम्पन्न भएको छ।
भिक्टोरियामा भएको अधिवेशनबाट सुरेश पोखरेल पुनः अध्यक्षमा निर्वाचित भएका छन्।
नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया भिक्टोरियामा दर्ता भएको सामूदायिक संस्था हो। अधिवेशनबाट निर्वाचित हुने अन्य पदाधिकारीमा विनित राज शर्मा उपाध्यक्ष, गणेश पौडेल सचिव, गोपाल काफ्ले सहसचिव, विपी कोइराला कोषाध्यक्ष रहेका छन्।
यस्तै, सदस्यहरूमा सिजन थापा, सविता लामिछाने, अनिता पौडेल, प्रकाश कार्की, विनोद लामा, सुवास बराल, तिलक सापकोटा, गणेश कँडेल, सोभित प्रधान, कमल लामिछाने, राम कँडेल, नरेश रावल, शिशिर बस्ताकोटी, दिनेश बन्जारा, उमेश उप्रेती रहेका छन्।
मनोनित सदस्यहरूमा सोमप्रसाद गुरुङ, नारायण काफ्ले, देवेन्द्र बस्नेत, रमेश कार्की, प्रकाश आचार्य र हरि भुषाल रहेका छन्। यस्तै, अधिवेशनले संस्थाको सल्लाहकारमा दुर्गा आचार्यलाई मनोनित गरेको छ।
कार्यक्रमका विशेष अतिथि महावाणिज्यदूत चन्द्र योञ्जनले विदेशमा आएर नेपालको राजनीतिलाई बढवा दिनेभन्दा पनि यहाँका सबै सामूदायिक संघ संस्था मिलेर काम गर्नुपर्ने बताए ।
‘विचार आस्था आफ्नो ठाउँमा होला । तर, मिलेर नेपाली समूदायको हितमा र देशको विकासमा केही योगदान दिनु नै अहिलेको आवश्यकता हो’, उनले भने।
निर्वाचित अध्यक्ष सुरेश पोखरेलले जनसम्पर्क समिति नै आफूहरूको अभिष्ट भएको भन्दै गौरवपूर्ण उपस्थितिले उत्साह थपेको बताए। पोखरेलले विपीको आदर्शबाट विचलित नभइ सबैले आ-आफ्नो ठाउँबाट देशका लागि केही योगदान गर्ने आफूहरूको लक्ष्य भएको पनि बताए ।