नेपाल अस्ट्रेलियन डेमोक्रयाटिक फोरम (एनएडीएफ) ले नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मीनबहादुर बिश्वकर्माको उपस्थितिमा सिड्नीमा प्रजातान्त्रिक भेला गरेको छ।
कार्यक्रममा नेपाली कांग्रेससँग निकट प्रजातान्त्रिक विचार अंगाल्ने सिड्नीका नेपाली समुदायका अग्रजको उपस्थितिमा नेपालको लोकतन्त्र र स्थायीत्वको विषयमा चर्चा गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विश्वकर्माले गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेस नरहे प्रजातन्त्र संकटमा पर्छ भनेको स्मरण गर्दै भने मुलुकमा बामपन्थीको सरकार यतिखेर बिस्तारै आफ्नो चरित्रमा अग्रसर हुँदै गरेको बताए।
‘यस्तै तरिकाले लोकतन्त्रको महत्वपूर्ण भावका रुपमा रहेका नागरिक स्वतन्त्रतामा विस्तारै संकट नआउला भन्न सकिन्न,’ विश्वकर्माले भने, ‘संसारमा कम्युनिष्ट हराउँदैजाँदा हाम्रो देशमा बलियो बन्दै जानुपछिको रहस्य अब लोकतन्त्रवादीले खोज्नुपर्छ।’
यतिखेर स्वतन्त्र प्रेशमाथी बिस्तारै कुदृष्टी परिसकेको भन्दै उनले सत्ताधारी दलका सांसदले धम्काउने र तर्साउने काम गर्न थालेकोले संसारकाभरका लोकतन्त्रवादीहरू यतिखेर एकजुट भएर नेपाली कांग्रेसलाई आगामी दिनमा बलियो बनाउँदै लैजानुपर्ने विश्वकर्माले बताए।
कार्यक्रममा अस्ट्रेलिया डेमोक्रयाटका तर्फवाट एनआरएन पूर्व अध्यक्ष सुरेन्द्र सिग्देलले नेपालमा प्रजातन्त्रवादीको पछिल्लो पराजयमा नेता र कार्यशैलीको प्रभाव हुनसक्ने भएकोले यसतर्फ ध्यान पुर्याउन आग्रह गरे।
एनआरएन आइसीसी सदस्य दिनेश जोशीले जनमतको हिसाव किताबमा नेपाली कांग्रेस कमजोर नरहे पनि कम्युनिष्टको जस्तो पार्टीमा कमान्ड नहुनु अनि कारबाही र पुरस्कारको परिपाटी नबस्दा पछिपर्नु परेको बताए।
एनएडीएफका अध्यक्ष विवेक थापाले संसारमै अकाट्य मानिएको ब्यवस्थामा प्रजातान्त्रिक पद्धती र त्यसको हिमायतीका लागि नेपाली कांग्रेसलाई समय सान्दर्भीक परिमार्जित गरेर अगाडि बढनुपर्ने बेला आएको बताए।
एनएडीएफका उपाध्यक्ष पूर्णनाथ घिमिरेले सञ्चालन गरेको कार्यक्रममा एकाका अध्यक्ष निरज श्रेष्ठ, एनआरएनका उपाध्यक्ष नन्द गुरुङ, केन्द्रिय सदस्य पीआर अधिकारी, भिम खरेल, पूर्व आइसीसी सदस्य बालचन्द्र भट्टराई, एनआरएनका पूर्व सहसचिव भिष्म भण्डारीलगायतको उपस्थिति थियो।