सिड्नी र राइट एण्ड एशोसियट्सको पहलमा यही जुन २२ देखि ‘कोहलपुर एक्सप्रेस’ चलचित्र अस्ट्रेलिया प्रदर्शन भएको छ।
नायिका केकी अधिकारीले निर्माण गरेकी उक्त चलचित्रमा केकी अधिकारी , प्रियंका कार्की र ऋचा शर्माको मुख्य भूमिका रहेको छ।
नायिका तथा निर्मात्री केकी अधिकारी अस्ट्रेलिया आउने भएकी छन्। उनी जुन २३ मा साउथ अस्ट्रेलियाको एडीलेडमा, २४ जुनमा तास्मनियाको होबर्टमा, २६ जुनमा भिक्टोरियाको मेलबर्नमा, ७ जुलाईमा न्यु साउथ वेल्सको सिड्नीमा, ८ जुलाईमा कुइन्स्ल्यनडको ब्रिसबेनमा, १० जुलाईमा क्यानबेरामा र १५ जुलाईमा वेस्टर्न अस्ट्रेलियाको पर्थमा हुने प्रदर्शनमा भाग लिने छिन्।
२००१ मा स्थापित राइट एंड यसोसियेट कन्सल्टेन्सीले यस अघि केकीकै फिल्म ‘लब सासा’ लाई पनि अस्ट्रेलियामा प्रदर्शन गर्ने जिम्मा लिएको थियो । नेपाली फिल्मको बजार बिस्तारको लागि आफूहरु लागि पर्ने संस्थाका निर्देशक परशुराम अधिकारीले बताए । वैशाख १४ गतेबाट नेपाल प्रदर्शनमा आएको केकीको फिल्म कोहलपुर एक्सप्रेसले नेपालमा सन्तोषजनक व्यापार गरेको थियो ।
उक्त चलचित्र ‘लेडी लिडिङ कमेडी’ फिल्म अर्थात् नारी प्रधान हाँस्य चलचित्र हो ।
नेपाली कला तथा संस्कृतिको प्रवासमा पनि प्रवर्द्धन गर्न उक्त चलचित्रको अस्ट्रेलिया प्रदर्शन गर्न लागिएको राइट एण्ड एशोसिएटका निर्देशक बालचन्द्र भट्टराइले बताए। प्रदर्शनको संयोजन दिपेन्द्र अधिकारी तथा हर्षन श्रेष्ठले गरेका छन्।