शैक्षिक तथा अध्यागमन परामर्शका लागि खोलिएको एजुकेशन प्लानेट अर्थात इ प्लानेट यतिखेर आफ्नो सेवा विस्तारको क्रममा नयाँ स्वरुपमा एडिलेड पुगेको छ।
नेपाली विद्यार्थीको लोकप्रिय शैक्षिक गन्तब्य बनेको अस्ट्रेलियाको बिभिन्न शहरहरुमा शैक्षिक तथा अध्यागमन परामर्शको आवश्यकता देखिएको बेला इ प्लानेटले नया ब्यवस्थापन सहित एडिलेडमा सेवा बिस्तार गरेको हो।
सात वर्ष अस्ट्रेलियाको शैक्षिक परामर्शमा अनुभव बटुलेका गोविन्द शर्माले इप्लानेटको एडिलेडको नया ब्यवस्थापनको जिम्मेवारी सम्हालेका हुन्।
सिड्नीमा बसोबास गर्दै आएका गोबिन्द शैक्षिक सेवामा होमिएपछि एडिलेडमा बसाइ सरेका छन्। आफ्नो अनुभव र योग्यताका आधारमा विद्यार्थीका बास्तविक समस्यालाई हल गर्ने र शैक्षिक सेवा प्रदान गर्ने लक्ष्य रहेको गोविन्दले बताए।
‘काठमाडौं र सिड्नीमा मुख्य कार्यालय रहेको इ-प्लानेट शैक्षिक परामर्शदाताको भिडमा एउटा फरक नामका रुपमा स्थापित संस्था पनि हो, हामीले यसलाई शैक्षिक सेवाका रूपमा योजना बुनेका छौ, सेवा गरेपछि मेवा मिल्ने फरक कुरा हो,’ गोविन्दले भने।
शिक्षा जस्तो विषयमा गम्भीर भएर विद्यार्थी र अभिभावकलाई यहाँको सत्य तथ्य र वास्तविकता छर्लङ्ग हुने गरी बुझाएपछि मात्र आफ्नो सेवा अगाडि बढाएको इप्लानेटका कार्यकारी निर्देशक नयन लामिछानेले बताए।
‘एक दशकभन्दा बढी समय यस ब्यवसायमा रहेको इ-प्लानेटले विद्यार्थीको भविष्यसँग जोडिएको हरेक सवालमा गम्भीर भएर आफ्ना कार्यनीति अगाडि बढाएको छ। सोही कारण पनि अहिलेसम्म इ प्लानेट विद्यार्थी र अभिभावकको रोजाइमा अग्रपंक्तीमा रहेको छ,’ निर्देशक लामिछानेले कार्यालय उदघाटनका क्रममा बताए।
कार्यक्रममा एनअराएन आइसीसी सदस्य गोकुल घिमिरे, एनआरएनका पूर्वओसेनिया उप-संयोजक रमेश जोशीलगायतको उपस्थिति थियो।