क्यानबेरा नेप्लीज फुटबल क्लब (सीएनएफसी) को सहयोगार्थ अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित मनुका हलमा चलचित्र कोहलपुर एक्सप्रेस बुधबार प्रदर्शन हुनेभएको छ।
नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्रले नेपाली बजारमा राम्रै चर्चा कमाए पनि बिदेशमा भने धेरैपछि मात्र यो चलचित्र ल्याइएको हो।
चलचित्रमा केकीका अलावा प्रियंका कार्की, ऋचा शर्मा, रबिन्द्र झा, बिनोद न्यौपाने र बुद्धि तामाङलगाएतका कलाकारको अभिनय छ।
चलचित्रमा ‘सीओडब्लु काउ...’ जस्ता चर्चित गीतका साथै आवश्यक मनोरन्जन प्रसस्तै रहेकोले क्लबले सबै नेपालीलाई चलचचित्रका लागि हलसम्म आइदिन आग्रह गरेको छ।
चलचित्रको दौरान स्वयम् नायिका तथा निर्मात्री केकी अधिकारी क्यानबेरा आएको आयोजक मध्येका एक दिपेन्द्र अधिकारीले सेतोपाटीलाई बताए।
चलचित्रलाई क्यानबेरामा ले प्रदर्शन गर्न लागेको हो भने इभेन्ट पार्टनरको रुपमा राइट एन्ड एशोसिएट्सलेले सहकार्य गरेको हो।
चलचित्र प्रदर्शनमा नायिका केकी अधिकारी क्यानबेराका दर्शकसँगै चलचित्र हेर्न उपस्थित हुन आफैंमा महत्वपुर्ण संयोग रहेको र भर्खरै फैलिदै गरेको नेपाली समाजलाई एकाकार बनाउन समेत यसले मद्दत गर्ने कुरा क्लबका सदस्य तथा आयोजक हर्षन श्रेष्ठले बताए।
नायीकासँगै बसेर चलचित्रको मजा लिनु पनि एउटा संयोग नभइ नेपालीपनको साटासाट पनि आयोजनाको महत्वपूर्ण पाटो रहेको क्लबका पूर्व अध्यक्ष चुडामणि सापकोटाले बताए।