तनहुँ समाज अस्ट्रेलियाको भेलाले दिनेश खनालको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ।
समाजको नयाँ कार्यसमिति उपाध्यक्षहरुमा मेघराज पौडेल र सुदिप ढकाल छन् भने महासचिवमा सूर्य खनाल निर्विरोध निर्वाचित भए।यस्तै नयाँ कार्यसमितिको सचिवमा सागर लोहनी र कोषाध्यक्षमा महेन्द्र घिमिरे निर्विरोध चुनिए।
कार्यसमितिका अन्य सदस्यहरुमा जन सम्पर्क अधिकृतमा सरोज भट्टराई , सदस्यहरुमा नबिन राना, कमल ढकाल, दामोदर अधिकारी, शन्देश राजभण्डारी र विकास भुजेल निर्विरोध भएको समितिका वरिष्ठ सल्लाहकार दिनेशराज जोशीले पढेर सुनाएका थिए।
समाजका पूर्व अध्यक्ष परशुराम अधिकारीले बुधबार एक कार्यक्रमका बिच नया कार्यसमितिका पदाधिकारीहरुलाई कार्यकालको निर्णय पुस्तीका सहित कार्यभार सुम्पेका छन्।
तनहुँं समाज अस्ट्रेलियाले यसअघि गरेको कार्यको बिवरण पेश गर्दै पूर्वअध्यक्ष परशुराम अधिकारीले जन्मेको ठाउँं र हुर्केको गाउ ठाउँंमा केहि गर्न सकियोस भन्ने उद्देस्यले स्थापीत संस्थाले जिल्लाका केही स्कुललाई आर्थिक सहयोग गर्नुका साथै अन्य बिषयमा सघाएको बताए।
समाजका सल्लाहकार तथा आइसीसी सदस्य दिनेशराज जोशीले समाजले जिल्लासँंग जोडिएर अपनत्वको भावना जागृत गरेको बताउदै आगामी दिनमा नयाँ कार्यसमितिले जिल्लाको विकासमा नयाँ योजना कार्ने विश्वास लिएको बताए।
एनअराएन एनएसडब्लुका संयोजक नन्द गुरुङले अस्ट्रेलियामा रहेको समाजहरुमा छुटटै पहिचान बनाएको तनहुँं समाजले कला संस्कृतीको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए।
कार्यक्रममा एनआरएन आइसीसी खेलुकद बिभाग प्रमुख राजु मानन्धर, सल्लाहकार सुवाश श्रेष्ठलगायतले समाजको उत्तरोतर प्रगतीको कामना गरेका थिए। समाजका अध्यक्ष दिनेश खनालले युवा जोशले भरिएको नया कार्य समितिले पुराना अग्रजलाई धन्यबाद दिँदै नयाँ जोशका साथ फरक कार्यक्रम ल्याउने प्रतित्रद्धता ब्यक्त गरे।