आगामी आईतबार २२ जुलाईमा अष्ट्रेलियाको पर्थमा त्रिवि शिक्षण अस्पतालमा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थन र राज्यको दमनबिरूद्धमा ऐक्यबद्धता भेला आयोजना हुने भएको छ।
स्थानीय ब्रजवुड पार्कमा बिहान ९ बजेदेखि ११ बजेसम्म भेला आयोजना गरिने छ। डा. केसी कुनै व्यक्ति या संस्थाविरुद्ध अनसन बस्न नलागेको भन्दै भ्रष्टाचारका विरुद्ध उनको समर्थनप्रति पूर्ण समर्थन जनाउनका यो भेला आयोजना गरिएको पर्थ नेपाली समाजले जनाएको छ ।
एनआरएनका उपाध्यक्ष दिपक शर्मा, युवा अभियन्ताहरू राज थपलिया, नविन भण्डारी, हरि भण्डारीलगायतले कार्यक्रमको संयोजन गरिरहेका छन्।
यसअघि ब्रिसबेन र सिड्नीमा समेत यस्तै ऐक्यबद्धता भेला आयोजना गरिएको थियो।