गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको कार्यसमिति बैठकमा डाक्टर गोविन्द केसीको अनसनको समर्थन विषयमा बहस भएपछि आइसीसीको निर्णय मागेर अगाडि बढ्ने टुंगो लागेको छ।
त्यसका लागि बैठकले प्रवक्ता तथा डाक्टर गोविन्द केसी अभियानका अभियन्ता डिला खरेललाई जिम्मेवारी तोकेको छ। बैठकमा खरेलले डाक्टर केसीको समर्थनमा एनआरएन अगाडि बढ्नुपर्ने विषय बैठक सूचीमा प्रवेश गराएपछि यसले बहसको रुप लिएको थियो।
कार्यसमितिका केही पदाधिकारीले यसलाई राजनीतिसँग पनि जोडिएको हुँदा एनआरएन यसमा सामेल हुन नमिल्ने तर्क गरेपछि आइसीसीको निर्णय मागेर अगाडि बढ्ने निर्णय गरिएको थियो।
आमरण अनसनमा रहेका डा. केसीले माथेमा कार्यदलको सुझावकै आधारमा चिकित्सा शिक्षा कानुन बन्नुपर्ने माग गर्दै आएका छन्। काठमाडौं उपत्यकाभित्र दस वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने, एउटै विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेज सम्बन्धन नदिने, लगातार तीन वर्ष अस्पताल सञ्चालन गरेको कलेजलाई मात्र सम्बन्धन दिने लगायत अध्यादेशमा भएको व्यवस्था हटाइएपछि केसीले पुन जुम्लावाट अनसन प्रारम्भ गरेका थिए ।
एनआरएन अस्ट्रेलियाको बैठकले नेपाल महोत्सव सिड्नी, मेल्वर्न, व्रिसबेनमा र एडिलेडमा भव्य रुपमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ।
नेपाल महोत्सवमा एक रुपता ल्याउन नेपाल सबहाउस, पर्यटन प्रवर्धन तथा अन्य संस्कृतिक कार्यक्रमको रुपरेखा समान राख्ने पनि निर्णय भएको छ।
एनआरएन अष्ट्रेलियाले यो वर्ष आगामी नोभेम्बर महिनामा ब्रिसबेन र सिड्नीमा तथा डिसेम्बरमा मेलबर्नमा नेपाल महोत्सव आयोजना गर्दैछ। संस्थाले आगामी वर्ष सन् २०१९ जनवरीमा राष्ट्रियय उद्यमी सम्मेलन गर्ने भएको छ ।