गैर आवासीय नेपाली संघ, अस्ट्रेलीयाको भगिनी संस्था नारी निकुञ्ज न्यू साउथवेल्सको तीज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपालबाट बोलाईएकी लोक गायिका माण्डवी त्रिपाठीका साथमा उनका चर्चीत गीतमा उपस्थित दर्शकले नाचगान गरेर तीज मनाउँदै बधाई साटासाट गरेका थिए।
सीड्नीको क्याम्प्सी ओरियन फङ्क्सन सेन्टरमा आयोजना गरिएको परोपकारी तीज कार्यक्रममा महिलाहरूको बाक्लो उपस्थिति थियो।
साँझ ६ बजेदेखि राति ११ बजेसम्म तीजका विभिन्न भाका र कार्यक्रममा सहभागी नाँचमा मस्त देखीन्थे ।
कार्यक्रममा वर्षभरी नारी निकुन्जले गरेका गतिविधि समेटिएको भिडियो प्रस्तुत गरिएको थियो।
सुरूमा नारी निकुञ्ज न्यूसाउथ वेल्सकी संयोजक सन्ध्या शाहले स्वागत गर्दै बिगतका वर्ष जस्तै अहिले पनि संस्थाले गरेको काममा हातेमालो गर्न तीजमा सहभागी भएका सबैलाई स्वागत तथा सहयोगीलाई धन्यवाद प्रकट गरेकी थिइन्।
कार्यक्रममा नारी निकुन्ज अष्ट्रेलियाकी संयोजक प्रतिज्ञा अधिकारीले परोपकारी कार्यक्रममा सहभागी सबै धन्यवादको पात्र भएको बताईन्।
औपचारिक कार्यक्रम सञ्चालन नारी निकुन्ज अष्ट्रेलियाकी सचिव मोनी लिम्बुले गरेकी थिइन् भने बिभिन्न सांस्कृतिक प्रस्तूतिमा सहभागीले नेपालमै तीज मनाएको झल्को पाएका थिए।
संस्थाको तर्फबाट राधिका बानियाँ, सपना अधिकारी, ईन्दिरा रोक्का, पवित्रा न्यौपाने, सृष्टी देवकोटा, पेमा शेर्पाले आफ्ना प्रस्तुति पस्केका थिए।
औपचारिक कार्यक्रममा एनआरएनका आईसीसी सदस्यहरु जानकी पौडेल, उषाकिरण बरिया पोखरेल, एनआरएनका उपाध्यक्ष नन्द गुरूङ, सचिव देव गुरूङ, नारी निकुञ्जकी संस्थापक उपाध्यक्ष अञ्जना पन्त ओली, नारी निकुञ्जकी पूर्वसंयोजक सिर्जना संग्रौला सुमित्रा विष्ट, सल्लाहकार मीना शर्मा लगायतको उपस्थिति थियो।
तीज कार्यक्रमबाट संकलित रकमलाई नारी निकुञ्जले अष्ट्रेलियामा आफ्ना विविध गतिविधि तथा नेपालमा परोपकारी कार्यमा खर्च गर्दै आएको छ।