परदेशमा पढेपछि पैसा कमाउने सबैको ध्येय हुन्छ। उच्च अध्ययनका लागि लाखौं रकम खर्च गरेर बिदेश आएपछि सिकेको ज्ञान र सिपलाई ब्यवहारमा उतार्न सके मात्र त्यसको प्रतिफल मिठो हुन्छ।
यतिखेर अस्ट्रेलियामा योग्यता अनुरूपको जागिर पाउन निकै मुश्किल भइसकेको छ।
निकै ठूलो बजार र आकार भित्र कडा प्रतिश्पर्धामा खरो उत्रिनु निकै चुनौतीपूर्ण छ। ब्यवसायीकताको बजारमा थुप्रै नेपालीले आफ्नो योग्यतालाई खैरैको देशमा खरो उतारेको उदाहरण नभएका होइनन्। तर, पछिल्ला दिनमा प्रतिश्पर्धा निकै टफ हुन थालेपछि कठिन भने पक्कै भएको हो।
गाह्रो र साह्रो बिच पनि नेपालीहरू भने यतिखेर अस्ट्रेलियाको बजारमा सम्भावनाका नयाँ ढोका खोल्न लागिपरेका छन्। हार्दिकताको हैसियतमा राम्रै गनिएका नेपालीले रेस्टुरेन्ट ब्यवसायमा राम्रै पकड पनि बनाएका छन्। तर, यतिखेर एक हुल युवाको टिमले सिड्नीको बजारमा ल्यान्ड एन्ड लिज नाम राखेर घर, जग्गा ब्यवसाय अगाडि बढाएका छन्।
सिड्नीको लाकेम्बामा सन् २०१६ बाट सुरू गरेको ल्यान्ड एन्ड लिजले यतिखेर करिब दुई सय घर, डेरा ब्यवस्थापन गर्नुका साथै घरजग्गा बेचबिखनको कार्य पनि सुरू गरेको छ।
नेपाली समाज बढ्दै गर्दा यतिखेर भाडाका घर र घर किनबेचको प्रचलन पनि बढेको छ भने ब्यवस्थापनको सेवाको पनि माग बढेको छ।
‘कयैन नेपाली दाजुभाइ बिदेशी एजेन्टहरुलाई कमिशन दिएर काम गराइरहनुभएको हामीले देखेका छौ। त्यही देखेर हामीले यो पेशा ब्यवशाय किन नगर्ने भन्ने सोच आयो र सुरू गर्यौ’, ल्यान्ड एन्ड लिजका निर्देशक अशोक थपलियाले भने।
‘हामीले स्थापनाको दुई वर्ष नबित्दै करिब दुई सय घरको ब्यवस्थापन गरिरहेका छौं र निकट भविश्यमा यसको संख्या बढ्दै छ भने हामीले घर जग्गा र किनबेच अनि जग्गा किनेर घर बनाउने प्याकेजको पनि काम प्रारम्भ गरिसकेका छौ’, अशोकले सुनाए ।
यता ब्यवसाय बढ्दै जाँदा अशोकको ल्यान्ड एन्ड लिज निकै फराकिलो पनि बन्दै गएको छ। घर, डेरा ब्यवस्थापनसँगै किनबेच अनि निमार्णमा हात हाल्दै गर्दा झापाली समाजका अन्तर्राष्ट्रिय अध्यक्ष दिनेश कुमार पोखरेल पनि अर्का निर्देशकका रुपमा ल्यान्ड एन्ड लिजमा सामेल भएका छन्।
‘हामीले फराकिलो बन्दै गएको हाम्रो समाज र आवश्यकता हरेर ल्यान्ड एन्ड लिजलाई अगाडि बढाउने निर्णय गरेका हौ, आगामी दिनमा यस ब्यवसायलाई मेलवर्न र ब्रिसबेन लगायतका शहरहरुमा पनि सुरू गर्ने अभियान प्रारम्भ भैसकेको छ,’ अर्का निर्देशक दिनेश कुमार पोखरेलले सेतोपाटीसँग भने।
पोखरेलसँगै ब्यवस्थापकीय जिम्मेबारीमा आश्विन पोखरेलले पनि ल्यान्ड एन्ड लिजमा काम आरम्भ गरेका छन्। नयाँ पुस्ताका आश्विनजस्ता युवाहरुको प्रवेशले पनि यो ब्यवशायलाई नेपाली समाज मात्र नभइ समग्र मल्टीकल्चर सोसाइटीमा बिस्तार गर्ने ल्यान्ड एन्ड लिजले लक्ष्य लिएको छ।
व्यवसाय बिस्तार हुँदै जाँदा टिममा एनआरएनका कोषाध्यक्ष अच्यूत थपलीया, समाजिक अगुवा निर्मल संग्रौला, ब्यवसायी अनिश चालिसे, एनआरएनका सदस्य सुरेश रेग्मी, बबिता थापा, दीपेश पोखरेल लगायतले बिभिन्न जिम्मेबारी बहन गरेका छन्।