संसारकै तेज गतिका धावक जमैकन स्प्रीन्टर यतिखेर दौडको कीर्तिमान छाडेर पाको उमेरमा ब्यवसायीक फुटबलमा हामफालेका छन्।
छोटो दूरीका कीर्तिमानी धावक उसेन अस्ट्रेलियाको ब्यवसायीक फुटबल लिगमा ए डिभिजनको क्लब सेन्ट्रल कोष्ट मरिनमा ट्रायल दिन आइपुगेका छन्।
यो सँगै उनको नयाँ परिचय थपिएको छ। मंगलबार आजकै दिन ३२ औं जन्म दिन मनाउने क्रममा रहेका उसेनले मगंलबारै क्लबका अन्य खेलाडीसँग पहिलो पटक अभ्यास पनि गरेका छन्।
आठ ओलम्पिक स्वर्णको किर्तिमान लेखाएका यी तेज धावकले फुटबललाई सँगै लिएर कति चाडो कुद्ने हुन् त्यो हेर्न बाँकी छ।
बोल्टले मगंलबार क्लबका प्रशिक्षक माइक मुल्भेसँग करिब आधा घन्टा प्रशिक्षणमा बिताए।
बोल्टको नयाँ खेलको प्रवेशको समाचार बनाउन करिब दुई सय पत्रकार उनको फोटो खिच्न र कुरा गर्न अभ्यासस्थल पुगेको थिए।
‘मेरो खेल जीवनको तेज गतीलाई केही मन्द बनाउने प्रयास हो यो, बोल्टले पत्रकारसँग भने,‘ट्रयाक छाडेर फिल्डमा उत्रिएको छु , अब हेरौं के हुन्छ।’
बोल्टले दौडको सफलतापछि फुटबलका लागि जर्मनी र नर्वेमा पनि ट्रायल दिएका थिए।तर, उनी त्यहाँ असफल भए।