रुपन्देही सामाजिक सञ्जालको आयोजनामा यही आउँदो २२ सेप्टेम्बरमा सिड्नीमा बृहत् सांगीतिक साँझको आयोजना हुने भएको छ।
रुपन्देहीबाट अष्ट्रेलिया आइ छरिएर बसेका नेपालीहरूको साझा संगठनका रूपमा रहेको यस सञ्जालले विभिन्न परोपकारी काम गर्दै आइरहेको छ।
परोपकारी कार्यको सहयोगको लागि आयोजना हुने यस सांगीतिक साँझमा नेपाल आइडलबाट उदाएका युवा गायककार निशान भट्टराई , चर्चित गायिका मिलन अमात्य, रिना अधिकारी, सिड्नीमा बस्दै आएका लोकप्रिय युवा गायक समीर आचार्य र रमन रेग्मीको विशेष प्रस्तुति रहने छ।
मल्टी डाइनामिकको मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको यस सांगीतिक साँझलाई सफल बनाउन सबै क्षेत्र र वर्गको सहयोगको अपेक्षा राखेको सञ्जालका अध्यक्ष कृष्ण गैरेले बताए।
अष्ट्रेलियामा रहेको रुपन्देहीवासीलाई एकताको सुत्रमा बाँधेर भाइचारा कायम गर्नुका साथै जन्मथलोको विकास र विस्तारमा केही इट्टा थप्न सकिन्छ भन्ने सोचका साथ सामाजिक अभियानलाई अगाडि सारिएको अध्यक्ष गैरेले बताए ।