अर्घाखाँचीबाट अष्ट्रेलिया आएका बन्धुलाई आपसमा भाइचारा कायम गर्ने उद्धेश्य लिएर यसै वर्ष स्थापना भएको अर्घाखाँची समाजले शनिबार सिड्नीमा अर्घाखाँची तीज महोत्सवको आयोजना गर्ने भएको छ।
तीज कार्यक्रममा आर्घाखाँचीकी लोक गायीका कल्पना कुसुमका साथमा सिड्नीका गायक ईश्वर पोखरेल तथा अबुन पाण्डेको प्रस्तूति रहनेछ।
सिड्नीमा मात्रै अर्घाखाँचीका दुई/तीन सय भए पनि एक आपसमा परिचय नहुँदा आफ्नै गाउँ र ठाउँको मान्छे पनि पराईझै हुन थालेपछि समाजको आवश्यकता भएको समाजका अध्यक्ष नारायण खनालले बताए।
खनालले यसपटक महिला दिदी बहिनीको चाड तीज पारेर अर्घाखाँचीबासी जम्मा हुने र चाडपर्व बनाउन समाजले कार्यक्रमको आयोजना गरेको बताए ।
बिदेशमा बसेर धन अनि मान सम्मान कमाए पनि आफ्नो गाउँघरको सम्झना र चाड़पर्व मेलाको सम्झना सबैलाई आउने गर्छ।
विभिन्न अवसरमा भेटघाट गर्ने, दुःख सुखको साटासाट, पारिवारिक जमघट तथा थोरै भए पनि नयाँ पुस्तालाई संस्कृतिको महशूस गराउने समाजको ध्येय रहेको सचिव मिनराज भुसालले बताए।
विशेषगरी जिल्लाको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा टेवा पुर्याउनुका साथै प्रकृतिक प्रकोपमा आकस्मिक सहयोग जुटाउन समेत कार्यक्रको लक्ष्य रहेको सचिव भुषालले जानकारी दिए।