क्यानबेरा नेप्लीज फुटबल क्लवले वार्षिक रूपमा गर्दै आएको तीज कार्यक्रम यस पटक पनि भब्य रूपमा क्यानबेरामा आयोजना गर्ने भएको छ।
क्यानबेरामा रहेको नेपाली समाजलाई एकै स्थानमा भेला गरेर तीजको रमाइलो गर्न लागेको क्लबका अध्यक्ष नबिन दाहालले बताए।
क्लबले तीज मेलामा क्यानबेरा र आसपासको क्विनबियन क्षेत्रका सबै नेपाली परिवारलाई उपस्थितिका लागिसमेत आग्रह गरेको छ ।
कार्यक्रमका लागि क्लवले नेपाली गायीका तथा राष्ट्रिय सभाका सांसद कोमल वली, तेजेश रेग्मी, शान्तिश्री परियार र अष्ट्रेलिया कर्मथलो बनाएका गायक समीर आचार्यलाई बोलाएको छ।
त्यस्तै क्यानबेराकै स्थानीय गायीका आयुष्का खनिया र दुर्गा सुवेदीले कार्यक्रममा आफ्नो प्रस्तूति दिनेछन्।
सांसद ओलीको लोकप्रीय गीतहरूले अस्ट्रेलियाको राजधानी क्यानबेरा तात्ने पक्का छ।
फुटबल खेलको माध्यमबाट समाज जोड्ने र आपसी भाइचारा साटने माध्यम बनाएको क्लबले क्यानबेरामा बिविध कार्यक्रमका साथै परोपकारी काम गर्दै आएको क्लबका पूर्व अध्यक्ष तथा सल्लाहकार चुणामणि सापकोटाले बताए। ‘हामी अस्ट्रेलियाको राजधानीमा बसे पनि हाम्रो समाज फराकिलो बन्न सकेको छैन, बेला मौकामा आउने चाडपर्वले नै हामीलाई एक आपसमा जोडनेगर्छ, यो नै महत्वपूर्ण विषय हो’, क्लबका खेलाडी तथा सदस्य हर्षन श्रेष्ठले चाडपर्वको महत्वका बारेमा बताए।