लीबरल पार्टीका नेता स्कट मरीसन अस्ट्रेलीयाका तिसौं प्रधानमन्त्री बनेका छन्।
लीबरल पार्टी संसदीय दलका नेता कट्टरवादी खेमाका पीटर डटनलाई ५ भोटले हराउँदै स्कट नयाँ प्रधानमन्त्री बनेका हुन्।
स्कटले ४५ र डटनले ४० मत ल्याएका थिए।
एक सातामा दोस्रो पटक अविश्वासको सामना गरेका निवर्तमान प्रधानमन्त्री माल्कन टर्नबुलले जोस फ्राइडेनबर्ग र हार्ड वोर्किङको साथ लिएर पीटरलाई हराँउदै स्कटलाई नयाँ नेतामा विजयी बनाएका थिए।
माल्कम राजनीतिबाट बाहिरिए पनि आफूले चाहेको प्रधानमन्त्री बनाएर डटनलाई दह्रो जबाफ दिएका छन्।
दुई छोरीका पिता स्कट सीड्नीका क्रोनाला क्षेत्रबाट लीबरलका सांसद हुन्।
योसँगै अस्ट्रेलियामा केही दिनदेखि गर्माएको राजनीति केही शान्त भएको छ। अस्ट्रेलियामा लीबरलले साना दलसहित बहुमतमा सरकार चलाउँदै आएको छ।