पुस्तकका पृष्ठहरूमा आँखा दौडाउना साथ मनभरी सकारात्मक विचारको तरङ्ग बगाउँने एक सकारात्मक पुस्तक हो ‘सुखसूत्र’।
जसको अध्ययनले परिस्थीति जस्तो होस् , मनस्थिति मजबुत बनाउन सकिन्छ। संसारका हरेक मानिस सुखपूर्वक बाँच्न योग्य छन्। आफू भित्रको दिव्य ऊर्जालाई हामी आँफैंले चिन्न सक्नुपर्छ भन्ने पुस्तकका मुख्य थीम हो।
जीवनको सकारात्मक पक्षसँग चीनजान गराउँने एक शक्क्तिशाली पुस्तक बनेको छ ’सुखसूत्र’। सकारात्मक सोचका अभियन्ता,उत्प्रेरक आचार्य राजन शर्मा (भीमसेन सापकोटा)द्वारा लिखित पुस्तकले लोकार्पण सिडनीमा भब्य कार्यक्रम बिच गरियो।
रत्न पुस्तक भण्डार प्रमुख विक्रेता रहेको यो पुस्तकको मुख्य चुरो कुरो भनेको ‘सम्भव छ, अवश्य सकिन्छ’ भन्ने हो।
उत्प्रेरणात्मक यो पुस्तकले आत्महत्याको मुखमा पुगेका हजारौंलाई जीवनको उज्यालोतर्फ फर्काउनसक्ने लेखक राजनको ठम्माइ छ। ‘शुखसुत्रले निरासहरूको मन उठाएको छ, र निस्कृयहरूलाई सफलताको बाटो तर्फ डोर्याउने पक्का छ,’ लेखकले भने।
पुस्तक बिमोचन समारोहमा आचार्य शर्माको उत्प्रेरणाबाट आत्महत्यालाई जीवनतर्फ मोडेका ३ जनाले मञ्चमा उभिएर उत्प्रेरणा वाचन गरेर सबैलाई भावविह्वल बनाएका थिए।
नेपाली साहित्यमा सकारात्मक चिन्तन र उत्प्रेरणाको आयाम बनेर उदाएको यो कृतिमाथि चर्चा गर्दै सिड्नीका साहित्यकार डा मित्र परियारले ’आजको जटिल पेरिस्थितिमा यो पुस्तक युवा जागरणका लागि आवश्यक खुराक रहेको बताए।
सोचको शुद्दी , ध्यान , आत्म अवलोकन , आहार , विहार र प्रत्याहार शुद्दिका विधि, मस्तिष्क शक्ति बढाउँने योग मुद्रा र हांस्यचिकित्सामा कहलिएका आर्चाय राजनले विश्वका २३ देशका ३३ शहरमा उत्प्रेरणा , योग शिवीर सन्चालन गरिसकेका छन्।
यसअघिनै ‘भत्किएको पर्खाल’, ‘प्रश्नमा ईश्वर’, ‘सफलताका सूत्र’ जस्ता कृति प्रकाशित गरिसकेका आचार्य राजन आदर्श जीवनका विविध विधिलाई सूत्रवद्द तरिकाले पस्केको एउटा सकारात्मक सोच नै सुखशुत्र हो भन्न रूचाउँछन्।