ढोरपाटन कलब अष्ट्रेलियाले आयोजना गरेको प्रथम ढोरपाटन कप भलिबल प्रतियोगिताको उपाधि आयोजक ढोरपाटन क्लबले जितेका छ।
फाईनलमा छन्त्याल परिवारलाई ३-० को सोझो सेटमा हराउँदै घरेलु टोलीले उपाधि रक्षा गरेको हो।
प्रतियोगितामा सिड्नीका विभिन्न ९ वटा टिमले भाग लिएका थिए।
गोलकोट समाज र पोखरा भलिबल क्लब संयुक्त रूपमा तेस्रो भए। समय अभावले खेल हुन नसकेपछि दुबै टिमलाई संयुक्त विजयी घोषणा गरिएको थियो।
प्रतियोगिता आयोजना गरेको पहिलो पटकमै उपाधि रक्षा गरेको ढोरपाटन क्लबलाई सहभागीले बधाई एवम् शुभकामना दिएका थिए।
फाईनल खेल अगाडि अतिथि, प्रायोजकलाई खादा लगाएर सम्मान गरिएको थियो।
नेपालको राष्ट्रियय गीत बजाएर खेल शुरू गरिएको थियो। पहिलो दोस्रो र तेस्रो हुने टिमले क्रमशः २ हजार, १२ सय र ५ सय डलर प्रदान गरिएको थियो।
सम्भवत यो नै सिड्नीमा आयोजना भएको ठूलो पुरस्कार रकमको भलिबल प्रतियोगिता हो।
भलिबलको बिकास र खेलको माध्यमले नेपाली समाजबीच एकता र भाईचारा कायम राख्ने प्रतियोगिताको मुख्य उद्धेश्य रहेको क्लबका उपाध्यक्ष खेम पूर्जाले बताए।