गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोवरमा काठमाडौंमा हुने ‘एनआरएनए डे’ का अवसरमा महत्वपूर्ण परियोजनाहरू निमार्ण सम्पन्न गरि हस्तान्तरण गरिने भएको छ।
विश्वभरी छरिएका नेपालीको सहकार्यमा निमार्ण गरिएको भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकका ५७० घरसहितको नमुना बस्ती स्थानीयलाई हस्तान्तरण गरिन लागेको हो।
एनआरएनए अध्यक्ष भवन भट्टले लाप्राक बस्ती निमार्णको कार्य हाल तिव्र गतिमा भईरहेकाले एनआएनए डे कार्यक्रम पूर्व कुल ५ सय ७३ घर मध्ये ३ सय ५२ घर पूर्ण तयारी भईसक्ने र बाँकी घर पनि केही समयमै सम्पन्न गर्ने गरि काम भईरहेको जानकारी दिए।
वर्षाले रोकिएको निमार्ण कार्य नेपाल आर्मीका १ सय ५ जवानसहित ७५ जना स्थानीयको टोलोले गरिरहेको छ।
अझै थप तीन सय कामदारको टोलीले नमुना वस्तीलाई दसैं अगावै सम्पन्न गर्ने लक्ष्य राखेको भट्टले बताए। भवन निमार्णका लागि नेपाल आर्मीका थप जवान तथा तालिमका लागि घर बनाउन खटिने करिब तीन सयको टोलीले निमार्णका सम्पूर्ण काम अक्टोबर अगाडि सक्ने अध्यक्ष भट्टले दाबी गरे।
वर्षाले रोकिएका कामलाई यसै साताबाट सुचारू गरिएको र आगामी दुई साता भित्र साढे तीन सय घरको काम पूर्ण रुपमा सकिने उनले प्रष्ट पारे ।
एनआरएनए भवन, सिन्धुलीगढी परियोजना र शंखमुल पार्क पनि सम्पन्न हुने
यसैगरि अध्यक्ष भट्टले बहुप्रतिक्षित एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको बालुवाटारमा निर्माणाधिन भवन पनि एनआरएनए डे अवसरमा उद्घाटन गरिने तयारी गरिएको जानकारी दिए।
चार तले भवनमध्ये चौथो तल्लामा कार्यालय रहने सो भवनलाई व्यवयासीक कम्पनीसँगको सहकार्यमा भाडामा दिने गरि तयारी भईरहेको अध्यक्ष भट्टले सुनाए।
यस्तै एनआरएनए डे कै अवसरमा एनआरएनए अध्यक्ष भवन भट्टले घोषणा गरेको ऐसिहासिक सिन्धुलीगढी परियोजनालाई पनि सम्पन्न गरि हस्तान्तरण गरिनेछ।
सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा अध्यक्ष भट्टले अगाडि भने,‘काठमाडौँको शंखमुलपार्कमा निमार्णाधिन शंखमुल पार्क पनि सोही समयमा स्थानीय क्लवलाई हस्तान्तरण गरिनेछ।’
यस्तै एनआरएनए डे अवसरमा एनआरएनए प्रेसिडेन्सीयल अवार्ड लगायत नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको भूमिका विषयमा देशव्यापी अन्तरविद्यालय स्तरीय निवन्ध प्रतियोगिता सञ्चालन गरि पुरस्कृत गरिने उनले जानकारी दिए।
स्थापना दिवसको अवसरमा राष्ट्रियस्तरको डण्डिवियो प्रतियोगिता समेत आयोजना गरिने भएको छ।
यस्तै एनआरएनए अध्यक्ष भट्टले हालै धार्मिक तथा पौराणिक महत्वको जनकपुरको जानकी मन्दिरको रंगरोगन तथा सजावट कार्य सम्पन्न गरि आगामी विवाह पन्चमी अवसरमा हस्तान्तरण गरिने योजना रहेको समेत सुनाए।
एनआरएनए नीर्माणाधीन भवन र अध्यक्ष भवन भट्ट।