लडेर श्रीमानजीसँग दिनरात्
जोडेका केही गहनापात्
भरेर आमाजूले पठाएको चूराले यी नाडि
लगाएर संगिनीसँग साटेको नयाँ सारी
आफूलाई राम्री बनाइयो
यसपालिको तीज पनि मनाइयो
दश-दशवटा पार्टी भ्याइए छ
पाँच पाँच लिटर रातो झोल खाइएछ
बढाइएछ ह्वात्तै वर्ष दिन लगाएर घटाएको यो ज्यान
घटाइए छ स्वात्तै यो ज्यानको तारिफ गर्ने फेसबुके फ्यान्
वर्षभरी लोग्नेलाई गरेको गाली
तीजको एक दिन भरेर मायाको थाली
प्रेमको कुवा खनाइयो
यसपालिको तीज पनि मनाइयो
तीजको रहर आयो वरी ल इ
फेसनको लहर आयो वरी ल इ
महिनाभरी पार्टी प्यालेस धायोवरी ल इ
दर भन्दै अनेकथरी खायो वरी ल इ
म्युजिकल्लीमा गीत गाउनसम्म गाइयो
सपनामा नि नसोचेको कलाकार बन्न पाइयो
लागेछ यो कस्तो मात्
नसुतेरै थुप्रै रात्
फेसबुकलाई संगीतमय बनाइयो
यसपालिको तीज पनि मनाइयो
ब्रत बस्न त मन थियो सिङै तीजको एक दिन्
छाड्नै मन थिएन स्वामिजिलाई एकै छिन्
अन्जुलिभरी पिउन मन थियो पतिदेवको पाउ धोएको जल
पेटभरी खान मन थियो पतिदेवको बाहूले दिएको फल
परदेशिएको यो ज्यान पूजा आधा गरे पनि ड्यूटी पुरा गर्नैपर्यो
मनमा पीडा भए पनि ओठमा हाँसो भर्नै पर्यो
जे गर्नु गर्यो यै फेसबुकले गर्यो
फोटो राख्नै पनि स्वामिजीलाई ढोग्नैपर्यो
स्वामिजीलाई ढोग्नैपर्यो
स्वामिजीलाई ढोग्नैपर्यो।।।