सुदूर पश्चिमान्चल समाज अस्ट्रेलियाले आगामी भदौ ३० गते सुदूरपश्चिमको परम्परागत चाड गौरा पर्व भब्य रुपमा सिड्नीमा मनाउने भएको छ ।
गौरा विशेष गरेर डोटी र सुदूरपश्चिममा परापूर्व कालदेखि मनाउँदै आएको पर्वका रुपमा चिनिन्छ। गौरा पर्व भाद्र शुक्लको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइने समाजका अध्यक्ष केशव जोशीले बताए।
गौरा पर्वका अवसरमा देउडा नाचेर आपसमा भाइचारा साटेर रमाइलो समेत गर्ने अध्यक्ष जोशीले सुनाए।
गौरा सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको कारण प्रवासमा रहे पनि यसको सरंक्षणका लागि सुदूरपश्चिम समाजले हरेक वर्ष मनाउँदै आएको समाजका उपाध्यक्ष श्याम पौडेलले बताए।
रकडेलको इन्द्रेणी फेसन सेन्टरमा आयोजना हुने गौरा पर्वका अवसरमा समाजले सिडनीबासी सबै नेपालीलाई सरिक हुन आग्रह गरेको छ।
देउडा यतिखेर सुदूरपश्चिमको मात्र होइन हामी सबै नेपालीको राष्ट्रिय चाड भएकोले कार्यक्रममा सहभागि भएर यसको महत्व बढाइदिनहुन उपाध्यक्ष पौडलले सबैलाई आग्रह गरेका छन्।