बेटिङ अर्थात वैद्य जुवा अस्ट्रेलियामा निकै चर्चित छ। थोरैले यसबाट धेरै कमाए भने धेरैले स्वाहा पारेका छन्।
फुटबलमा जित र हार मात्र होइन कर्नरदेखि पेनाल्टीसम्म अनि गोलदेखि फलसम्म यसको तोलमोल हुन्छ। गाउँपीच्छै रहेका टयाब र अनगिन्ती अनलाइन बेटिङहरु चौबिसैं घन्टा खुला हुन्छन्।
तपाईँ तयार हुनुहोस् जतिबेला पनि जुन सुकै खेल होस या मेल बेटिङ तयार छ।
फुटबल, क्रिकेट, टेनिस र यहाँको स्थानीय रग्बी लिग निकै प्रचलित बेटिङ गेम्सहरु हुन्। तर, यहाँ बेटिङ जेको पनि लाग्छ, खेल होस या घोडा दौड वा कुकुर दौडदेखि मान्छेको दौडसम्म।
दिनहुँ करौडौको बेटिङ हुने अस्ट्रेलियामा यसै साता राजनीतिको पनि जुँवा देखियो। सम्भवतः हामी बेटिङ गैर कानुनी घोषित देशबाट आएका कारण हामीलाई नौलो भएको हुनसक्ला। तर, पछिल्लो सातादेखि मडारिएको अस्ट्रेलियन राजनीतिमा स्पोर्टसवेटले जुँवानै थाप्यो।
सम्भवत ४८ घन्टामा दुई पटक अविश्वासको प्रस्तावको सामना गरेको निर्वतमान प्रधानमन्त्री माल्कम टर्नबुलको स्थिति धर्मराएपछि केही प्रधानमन्त्री बन्न तम्सीएका अनुहारहरु तौलिएर स्पोर्टस बेटले आठ जनामा बाजि थाप्यो।
अविश्वासको प्रस्तावको नेतृत्व गर्ने कट्टरबादी धारका पीटर डटन, निवर्तमान बिदेशमन्त्री जुलीया बिशेप, पूर्व प्रधानमन्त्री तथा डिजाइनर टोनी एवट, हालका प्रधानमन्त्री स्कट मरिसनदेखि केहि अन्य सम्भावित अनुहारहरुको नाममा बेटिङ भयो ।
एक डलरको दुई दशमलब तीस डलरदेखि सुरु भएको बेटिङ पीटर डटनमा दुई डलर चालिस सेन्ट र प्रधानमन्त्री स्कट मरिसन जो तेस्रो नम्बरमा रहेका थिए ,उनको नाममा एकको चारका दरले बाजी थापिएको थियो ।
‘यो पनि नौलो कुरो भयो हाम्रा लागि। प्रधानमन्त्री को हुने भनेर बेटिङ गर्न पनि पाइदोरहेछ । हामीले पनि रमाइलो गर्यौं,’ सीडनीको अर्वन बस्दै आएका झापाली समाजका अगुवा रुपराज मैनालीले बताए।
उनले त यसलाई जुवाका रुपमा लिएनन् ,मात्र रमाइलोको रुपमा लिए ।
तर यो राजनीतिक जोड घटाउ भित्र अरबौको जुवा चल्यो होला तर जो प्रधानमन्त्री भए पनि रमाइलो कुरो भने को प्रधानमन्त्री हुन्छन् भनेर पनि जुवाँ भने खेलाउन पाइन्छ। देशमा गाउँ पीच्छे जुँवा अखडाहरू प्रसस्तै छन्।
खेल्नेका लागि सधै खुला पनि छन र केहीका लागि नजाने गाउँको बाटो नसोध्नु भनेझै खोज खबर पनि छैन।
मानिश चरम ब्यस्त छन्, घर ,परिवार अनि काम र माममै कुदेका हुन्छन दिनरात। जुँवा यहाँको सरकारको कमाउ धन्दा पनि हो।
‘ठूलो कर प्राप्त हुन्छ जुँवाबाट राज्यलाई। क्यासिनोहरू राज्यका अभिन्न अंग बनिरहँदा सबै थोकमा जुँवा चल्नु स्वभाविक भएको एनआरएनका सदस्य अजय राजवंशीले बताए। राज्यले करको दायरा भित्र बाँधेर राखेको वैद्य बेटिङहरुमा खेलदेखि राजनीतिसम्म जुँवा खेलाइन्छ र राज्यले त्यसलाई अनुमति पनि दिएको हुन्छ।
अस्ट्रेलियामा मनि ट्रान्सफर वैद्य भइरहँदा नेपालमा मनी लन्डरिङ अर्थात हुण्डी अबैद्य भएको कयैन भइसकेको छ भने नेपालमा नेटवर्क बिजनेश खुलेआम ठगीको दायरा भित्र परीरहँदा अस्ट्रेलियामा अझै बैद्य एसीएनहरु खुलेआम ब्यापारका नाममा पाँच सय डलरको सदस्यता बेच्न सक्रिए छन्।
देश अनुसारको भेष हुन सक्ला वा विकशित देशको विकासे अवधारणा। हाम्रो देशमा अवैद्य मानिने धेरै कुरा यँहा वैद्य भएका छन्।
यसको फाइदा उठाएर गलत बाटो अपनाउनेको धन्दा भने खुलेआम चलेकै छ।
नेपालमा क्यासिनोमा नेपालीहरुलाई प्रवेश निशेधको साइनबोर्ड भए पनि धेरै नेपालीलाई क्यासीनोले कंगालपति बनाएका कहानी छन्। तर, जुँवालाई बाजीका रुपमा प्रयोग गरेर करको दायरा भित्र राख्ने राज्यको नीति भने अस्ट्रेलियाको केही फरक छ।
आम्दानीको श्रोतका रुपमा रहेको यस्ता गम्भीर विषयमा राज्यको नीति स्पष्ट हुनु जरूरि देखिन्छ।