ओएसीस एजुकेशनले मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडालाई ब्राण्ड एम्बेष्डरमा नियुक्त गरेको छ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको ओएसीसले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बेष्डर बनाएको हो।
आफू पनि ईन्जिनियरिङको विद्यार्थी रहेको र ओएसीस एजुकेशन पनि शिक्षासँग सम्वन्धित संस्था भएकोमा आफू यसको ब्राण्ड एम्बेष्डर बन्न पाएकोमा खुसी लागेको मिस नेपाल खतिवडाले भनिन्।
पत्रकार सम्मेलनमा बोल्दै ओएसीस एजुकेशनका सिईओ कुशल केसीले सन् २०१२ देखि निरन्तर रूपमा ओएसीस एजुकेशनले अष्ट्रेलिया अध्ययनका लागि आउने विद्यार्थी, नेपाली समुदाय र अन्तर्राष्ट्रिय विद्यार्थीलाईसमेत उचित शैक्षिक परामर्शका साथैं माईग्रेसन, भिसा, ईन्सुरेन्सलगायतका विषयमा सेवा प्रदान गर्दै आईरहेका जानकारी गराएका थिए।
त्यसरी नै संचारकर्मीले सोधेका प्रश्नको जवाफ दिँदै सिईओ केसीले विद्यार्थी अष्ट्रेलीया पढ्न जाँदा उनीहरूले दुःख नपाउन र उचित परामर्श पाउन भन्नका लागि नै ओएसीस एजुकेशन सधै लागिरहेको धारणा राखेका थिए।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले पछिल्लो समय अष्ट्रेलिया पढ्न जाने विद्यार्थीको संख्या बढिरहेको र ओएसिसजस्ता अष्ट्रेलियामै रहेका नेपाली परामर्श दातृ संस्थाहरु परामर्श दाताको रुपमा अघि आउनुले नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अध्ययन गर्न सजिलो हुने धारणा राखे।
त्यसरी नै कार्यक्रममा मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा, हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपति, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, बरिष्ठ फोटो पत्रकार राजभाई सुवाललगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए।