अष्ट्रेलियाको सिड्नीमा अध्यनरत एक विद्यार्थी सन्तोष धमला र अर्का परिवारसहित बसोबास गर्दै आएका महेन्द्र श्रेष्ठको मृत्यु भएको छ।
दुबै नेपाली युवाको मृत्यु फरक-फरक कारणले हुनसक्ने अनुमान चिकित्सकले लगाएका छन्। सिड्नीको एसफील्ड क्षेत्रमा बसोबास गर्दै आएका धमला काम सकेर कोठामा आएर बाथरूम पसेपछि उनको बाथरुममै मृत्यु भएको सम्वन्धीत श्रोतले जनाएको छ।
यस्तै हंसबी बस्दै आएका महेन्द्र श्रेष्ठको भने सुतेको अवस्थामा मृत्यु भएको उनका निकटतमले जनाएका छन्। दुबै नेपाली युवाहरुको लास फोरन्सीक जाँचका लागि अस्पतालमा राखिएको छ।
चिकित्सकको रिपोर्ट आएपछि मात्र मृत्युको बास्तविक कारण खुल्ने उनको आफन्तजनको भनाइ रहेको छ।
निकै पीडामा रहेका मृतक नेपालीजनको सहयोगको लागि एनआरएन अस्ट्रेलियाले आब्हान गरेको छ। एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले नेपाली समाज बाक्लिँदै गर्दा यस्ता अनेकन अप्रिय घटनाहरू बढ्दै गएकोमा चिन्ता ब्यक्त गरेका छन्। उनले अनावश्यक तनाव र लापरबाहीले ख्यालख्यालमै ज्यान गुमाउनुपर्दा परिवारमा ठूलो बज्रपात हुने हुँदा आफ्नो स्वास्थ र खानपिन अनि आहार बिहारमा ध्यान पुर्याउन आग्रह गरेका छन्।