भुटानीज् कम्युनिटी मेल्टन शाखाले आयोजनामा भएको दसैं तिहार कार्यक्रम विदेशीले समेत देउसी भैलो खेलेर रमाइलो गरेका छन्।
भाषण कम र बिभिन्न देशका समूहले आ-आफ्नो संस्कृति झल्काउने गरी नाँचगान, देउसीभैलो, कृष्ण कन्सियसनेस अन्तर्राष्ट्रिय संस्था ISKCON द्धारा भजन कीर्तन जस्ता बिभिन्न कार्यक्रमसहित दसैं तिहार कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा मेल्टन काउन्सिलका मेयर बब टर्नर, उपमेयर केन हार्डी, लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक इ. रामकुमार श्रेष्ठ, साहित्यकार सुशिल चालिसे, दिदीबहिनी समाज भिक्टोरियाकी प्रतिनिधि बर्षा केसी राजभन्डारी, समाजसेवी राज अधिकारीलगायत बिभिन्न देशी बिदेशी संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेयर बब टर्नरले यस किसिमका बहुसांस्कृतिक कार्यक्रमहरुको पछाडि आफूहरु संधै रहने र सक्दो सहयोग गर्ने बताए।
कार्यक्रममा नेपाली, भुटानी, म्यासाडोनियन, साउथ सुडान, सामोअन कम्युनिटीहरुले आ-आफ्नो संस्कृति झल्काउने नाचहरु प्रदर्शन गरेका थिए।
कृष्ण कन्सियसनेस अन्तराष्ट्रिय संस्था ISKCON द्धारा दुई प्रस्तुतिमध्ये स-साना नानीहरुको प्रस्तुतिले सबैको ध्यान तानेको थियो। अन्त्यमा सामुहिक नाचको कार्यक्रमपछि देउसीभैलोको कार्यक्रम थियो। जसमा मेयर, उपमेयरलगायत सबै देशका प्रतिनिधिहरु सहभागी भएका थिए।
संस्थाका अध्यक्ष कुबिर खनालद्धारा स्वागत मन्तब्य ब्यक्त र उपाध्यक्ष्य केदार दुलालद्धारा धन्यवाद ज्ञापन गरेका थिए।