नेपालको बागलुङबाट दक्षिण अस्ट्रेलियन शहर एडिलेडमा गएर पीएचडी गरिरहेका नेपाली विद्यार्थी हिमाल कँडेलले स्टडी एडिलेडले दिने इन्टरनेशनल स्टुडेन्ट अवार्ड पाएका छन्।
दृष्टी विशेषज्ञमा पीएचडी गरिरहेका कँडेलले एकाडेमिक एक्सलेन्स अन्तगर्त पोष्ट ग्राजुयट रिर्सच अर्वाड समेत प्राप्त गरेका छन्।
उनलाई ब्यापार, पर्यटन तथा लगानी मन्त्री डेविड रिजवेले एक समारोहबिच अवार्ड प्रदान गरेका छन्।
बाग्लुङ गलकोट नगरपालिका काडेँबास निबासी कडेँल लन्डनवाट मास्टर्स सकेर पीएचडी गर्न दक्षिण अस्ट्रेलियाको एडिलेड अवस्थित फ्लीन्र्डस विश्वविद्यालय आएका हुन्।
यो अन्तर्राष्ट्रिय विद्यार्थीको लागि निकै महत्वपूर्ण अवार्ड पनि हो। दृष्टी विशेषज्ञका रूपमा पढाइ अगाडि बढाइरहेका हिमालले यहाँको सम्मानित अर्वाडका लागि आवेदन दिएपछि पोष्ट ग्राजुयट रिसर्चमा प्रारम्भीक रुपमा पुरस्कृत भएका थिए।
पछि स्टडी अस्ट्रेलियाको विज्ञ टोलीले उनलाई महत्वपूर्ण विधाका रुपमा रहेको इन्टरनेशन स्टुडेन्ट अर्वाडका लागि छनोट गरेको थियो।
‘यो मेरा लागि मात्र नभइ सम्पूर्ण नेपाली समाज र नेपालको लागि गर्वको विषय हो भन्ने लाग्छ,’ अवार्ड पाएपछि गरिसकेपछि हिमालले सेतोपाटीसँग भने।