अष्ट्रेलियामा जारी बिएमडब्लु कप २०१८ क्रिकेटको फाइनलमा सगरमाथा क्रिकेट क्लव र रोयल राइनोज भिड्ने भएका छन् ।
फाइनल खेल डेबनेज पार्कमा अक्टोबर २८ तारिखमा हुनेछ ।
आज भएको खेलमा हिमालयन क्रिकेट क्लवलाई ७३ रनले हराउँदै रोयल राइनोज फाइनलमा प्रवेश गरेको हो ।
फाइनलमा बिजयी हुनेले २ हजार डलर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा रोयल राइनोज क्रिकेट क्लव, द हिमालयन क्रिकेट क्लव, सगरमाथा क्रिकेट क्लव, गोर्खाली क्रिकेट क्लव क्याप्टेन केशव पन्त
नर्रे किङ्स क्रिकेट क्लव, एक्सपर्ट क्रिकेट क्लव र मेलवर्न साइलन क्रिकेट क्लव सहभागी भएका थिए।