अष्ट्रेलियाका नयाँ प्रधानमन्त्री स्कट मरिसनले नेतृत्व गरेको लिबरल पार्टीको मीलीजुली सरकार एउटा उप निर्वाचन गुमाउँदा अल्पमतमा परेको छ।
शनिबार भएको उप–निर्वाचनमा लिबरलका उम्मेदवार देव शर्माले हार ब्यहोरेपछि सरकार अल्पमतमा परेको हो। पूर्व प्रधानमन्त्री माल्कम टर्नबुलले राजनीतिबाट सन्यास लिएपछि सिड्नीस्थित बोन्डाई निर्वाचन क्षेत्र वेन्टवर्थमा उप निर्वाचन भएको थियो।
उक्त निर्वाचनमा लिबरलका भारतीय मुलका उमेदवार देव शर्मा स्वतन्त्र उम्मेदवार डा. केरन फेल्प्ससँग हारेपछि पार्टी समस्यामा परेको हो।
विपक्षी दल लेबरका उम्मेदवार टीम मुर्रे भने तेस्रो स्थानमा रहे। लिबरलले एकलौटी पकड भएको उक्त क्षेत्रमा अप्रत्यासित रूपमा स्वतन्त्र उम्मेदवार फेल्प्सले जीत हासिल गरेपछि सत्तारूढ लिबरलको मिलीजुली सरकार संसदमा रहेको ७५ सिटको बहुमतमासमेत अल्पमतमा परेको छ।
विजयी स्वतन्त्र उम्मेदवार फेल्प्सले सरकारलाई सहयोग गर्ने बताए पनि राजनीतिक अन्यौल भने शुरू भएको छ। अप्रत्यासित रुपमा स्वतन्त्र उम्मेदवार फेल्प्सले जीत हासिल गरेपछि सत्तारुण लिबरल कोअलिसनले संसदमा रहेको ७५ सिटको बहुमत समेत गुमाउन पुगेको छ।
अष्ट्रेलियाको राजनीतिलाई नियालिरहेका नेपाली कानुनविद खिलेन्द्रराज तिम्सीना लिबरल भित्रको आन्तरिक पार्टी अन्तरबिरोधले जनमत गुमाउँदै गएकाले अल्पमतमा परेको बताउँछन्।
आफ्ना उम्मेदवारलाई जिताउन पूर्वप्रधानमन्त्री जोन हवार्डका साथै प्रधानमन्त्री मरिसन नै मरीमेटेर लागि परे पनि नतिजा विपरित भएको थियो।