बसोबासका लागि संसारका उत्कृष्ट शहरहरुको भिडमा अग्रपंक्तीमा रहेको मेलवर्न र सिडनीले आफ्नो अग्रपंक्तीको वरियता गुमाएका छन ।
मेलवर्न शहर विश्वको बस्नलायक उत्कृष्ट शहरको सूचीको पहिलो स्थानमा रहेपनि यसलाई अस्ट्रीयाको भियनाले उछिनेको छ । यो भन्दा पहिलाका आधा दर्जन मुल्याकंनमा विश्वको बस्नलायक सुन्दर शहरको सूचीमा पहिलो हुँदै आएको मेलवर्न यस पटक भने दोस्रो नम्बरमा झरेको छ ।
इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले विश्वका उत्कृष्ट १सय ४० शहरको राजनीतिक र सामाजिक अवस्था, शिक्षा र स्वास्थ्यमा पहुँच, भौतिक विकास, वातावरण, संस्कृति र सुरक्षा लगायतका विषयलाई आधार मान्दै अध्ययन गरेर वरियता सार्वजनिक गर्दै आएको छ । पछिल्ला केहि घटनाक्रमका कारण मेलवर्न केहि कमजोर देखिएको हुनसक्ने आकलन गरिएको छ।
इकोनोमिष्ट इन्टेलिजेन्सले गरेको पछिल्लो ग्लोवल सर्भेको अनुसार सीड्नी शहर यस क्रमसंख्यामा पाचौं नम्वरमा परेको छ । उत्कृष्ट शहरको १० औं स्थान भित्र अस्ट्रेलिया र क्यानाडाका तीन तिन शहर परेका छन् भने जापानको दुई शहर यस सूचीमा रहेका छन्। भियना र मेलवर्नलाई पछ्याउँदै जापानको ओशाका शहर बसोबासका लागि लायक संसारको तेस्रो स्थानमा पर्न सफल भएको छ। यस्तै क्यानाडाको कालगारी चौथौं र अस्ट्रेलियाको सिड्नी पाचौं नम्बरमा रहेका छ
क्यानाडाको भ्यानकुभर छैटौं स्थानमा पर्दा सर्भेमा समान अंक प्राप्त गरेको क्यानाडाकै टोरोन्टो र जापानको टोकियो शहर भने संयुक्त रुपमा सातौं स्थानमा रहेका छन।
डेनमार्कको कोपनहेगन नवौं स्थानमा रहँदा अस्ट्रेलियाको एडिलेड भने दशौं नम्बरमा पुगेको छ । न्युयोर्क, लन्डन, पेरिस जस्ता प्रसिद्ध शहरहरुमा व्याप्त रहेको अपराधिक क्रियाकलाप र सार्वजनिक यातायात र सामािजक सुरक्षाको समस्याका कारण उनीहरु सूचीमा पछि परेका छन ।
सूचीको अन्तिममा भने गृहयुद्धमा फसिरहेको सिरिया रहेको छ । यस वरियताक्रमको आधारमा नेपालको कुनै शहर पनि परेका छैनन । -एजेन्सीहरु