सिड्नीका युवा व्यवसायी किरण थापा यस वर्ष एमपीए म्यागेजिनले सार्वजनिक गरेको अस्ट्रेलियन मार्टगेज ब्रोकरहरुको सूचिको प्रमुख बीस भित्र अटाएका छन्।
प्रत्येक वर्ष एमपीए म्यागेजिनले अस्ट्रेलियामा रहेका मोर्टगेज ब्रोकरमध्ये सबैभन्दा बढी ऋण स्वीकृत गराउने प्रमुख एक सय ब्रोकरहरुको नाम सार्वजनिक गर्ने गर्छ। घर, जग्गा तथा ब्यवसायीक ऋण स्वीकृत गराउने यस गोर्टगेज ब्यवसायमा करिब पचास नेपाली मुलका मोर्टगेज ब्रोकरहरु सक्रिय छन्।
‘यो मेरो लागि खुसीको विषय भन्दा नेपाली समुदायको पनि गौरवको विषय हो, यो सम्मान भन्दा पनि मिहिनेतको फल र म प्रती नेपालीजनले गर्नुभएको बिश्वासको फल पनि हो,’ किरणले आफ्नो सफलताको कथा सेतोपाटीसँग सुनाए।
पेशाले इन्जिनियर र पढाइमा डाक्टरी गरिसकेका किरण थापा अस्ट्रेलियामा पछिल्लो पुस्ताका मिहेनेती र उदाहरणीय युवा ब्यवसायीका रुपमा चिनिन्छन्।
यो विश्वासको कमाइ हो, यो पेशा नै इमान र बिश्वासमा टिकेको हुन्छ, एउटा राम्रो काम गरेपछि मात्र अर्को ग्राहक थपिन्छ,त्यसैले पनि मेरो यो सफलताको श्रेय सबै मेरा ग्राहकनै हुनुहुन्छ।
पछिल्लो समयमा सिड्नीको घरजग्गा ब्यसाय खस्कदो अवस्थामा रहेपछि किरणले भने पछिल्लो वर्षभन्दा झन्डै २० मिलियन डलर बढी ऋण स्वीकृत गराएर आफूलाई अस्ट्रेलियाको कडा प्रतिष्प्रर्धामा खरो उतारेका छन्।