अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड र जोआन र्यानले बुद्ध र सगरमाथाको देश नेपालको भ्रमण गर्न आग्रह गरेका छन्।
पूर्व प्रधानमन्त्री गिलार्ड र फेडेरल सांसद जोआन र्यानले २०१५ मा गएको बिनाशकारी भूकम्पका कारण अत्यन्तै प्रभावित बुद्ध र सगरमाथाको देश नेपालमा पर्यटकको रूपमा जानका लागि अस्ट्रेलियनहरूलाई आग्रह गरेकी हुन्।
लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले मेलबर्नमा हुने नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने क्रममा सांसद जोआनसँग गरेको भेटघाटको क्रममा उनले भिडियो सन्देश मार्फत अस्ट्रेलियनहरुलाई उक्त आग्रह गरेकी हुन्।
भिडियो सन्देशमा उनीहरूले नेपालमा बिनासकारी भूकम्पका बेलामा अस्ट्रेलियाले सामाजिक संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको भन्दै लेबर पार्टीले अस्ट्रेलियामा शिक्षा क्षेत्रलाई प्राथमिकता दिराखेकोले स्मरण गराए।
नेपालमा पनि भूकम्पले क्षति भएका स्कूलहरुको पुनर्निर्माणमा सहयोग पुर्याउनुका साथै लामो समय स्कूल जान नपाएका बालबालिकालाई स्कुल फर्कन सहयोग पुर्याए सांसद जोआनले स्मरण गरिन्।
मन्तब्य दिने क्रममा जोआनले बिदाको समयमा बुद्ध र सगरमाथाको देश नेपाल गएर त्यहाँको पर्यटन उद्योगमा योगदान दिन अष्ट्रेलियन नागरिकलाई आग्रह गरेकी छन्।
उनले दीर्घकालिन रूपमा नेपालको सहयोग गर्न र त्यहाँ लगानीका सम्भावनाहरुको खोजी गरेर सकारात्मक प्रभाब पार्न सकिने र यसबाट द्धिपक्षीय मैत्री र साझेदारी मजबुतिकरण गर्न सकिने बताइन्।