अस्ट्रेलियन एजुकेसन कन्यलट्यान्सी एलाईन्स (एका) को साधारणसभालो परशुराम (पीआर) अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
सीड्नीका होटल रीजमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमितिको उपाध्यक्षमा राज जोशी र बद्री जैसीलाई चुनेको छ।
यस्तै कार्यसमितिका सह-सचीवमा मणी सिलवाल र खुला सदस्यमा सरद भुषाल निर्वाचित भएका छन्।
कार्यसमितिको सचिव, कोषाध्यक्षलगायतका अन्य पदहरु सबै राज्य र बिभिन्न तहबाट मनोनित गरिने नवनिर्वाचित अध्यक्ष पीआर अधिकारीले जानकारी दिए।
दुई दशकदेखि यो पेशामा जोडिएका अधिकारी शैक्षिक परामर्शको क्षेत्रमा अनुभवी ब्यक्तित्व मानिन्छन्। नेपाली समाजका अगुवाहरू भवानी ओली, मेघराज श्रेष्ठ र एनआरएनका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल रहेको निर्वाचन समितिले साधारणसभा मार्फत सहमतिमा नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यक्रममा पछिल्लो कार्यकालमा उत्कृष्ट काम गरेवापत पूर्वअध्यक्ष नीरज श्रेष्ठ ,उपाध्यक्ष भुपाल सीटाैला र कोषाध्यक्ष सुवास शाहलाई सम्मानित गरीएको थियो।
सीड्नीका कानुनविद शम्सेरसिंह थापाले अवार्ड बिजेतालाई प्रमाणपत्र प्रदान गर्दै निर्वाचीत पदाधिकारीलाई बधाई दिएका थीए।
कार्यक्रममा एनआरएन पूर्व प्रवक्ता मन केसी, पूर्व आईसीसी सदस्य बालचन्द्र भट्टराई , संचारकर्मी डील्ली ढकाल, तथा निवर्तमान उपाध्यक्ष भुपाल सीटौलाले नयाँ कार्यसमितिको सफलताको शुभकामना दिएका थिए।