नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियन व्यवसायिक क्रिकेट लिग बिगब्यासमा मेर्लबर्न स्टारर्सबाट शुक्रबार क्यानबेराको मानुका रंगशालामा उत्रदैछन्। मेलवर्नले बिग ब्यास लिगको पहिलो खेल डिसेम्बर २१ तारिक शुक्रबार शुक्रबार सिड्नी थन्डर्सविरूद्ध खेल्दैछ।
बिग ब्यास लिगमा मेर्लबर्न स्टार्सको नेतृत्व चर्चित क्रिकेटर ग्लेन म्याक्सवेलले गर्दैछन्।
मेलवर्न स्टार्समा माइकल बियर, ड्वाइने ब्राभो, एडम जाम्पा, मार्कस स्टोइन्स जस्ता खेलाडीहरू छन्।
सिड्नी थन्डर्सको कप्तानी शेन वाटसनले गर्दैछन् र टिममा जोस बटलर, जोय रुट, प्याट कुमिन्स जस्ता खेलाडीहरू रहेका छन्।
सन्दीप लामिछानेको टिम मेर्लबर्न स्टारर्सले खेल सुरू हुनु अघिल्लो दिन सन्दीप लामिछानेलाई अन्तिम सूचिमा (१३ खेलाडीको सूचीमा) राखेको छ। बिहिबार बिहान स्टार्सले आफ्नो अधिकारिक वेबसाइटमा सन्दीपसहित सिड्नी थन्डर्ससँग खेल्ने सम्भावित १३ खेलाडीहरूको नाम सार्वजनिक गरेको हो।
जसमा सन्दीप पनि समावेश छन्।
सिड्नी थन्डर्ससँग खेल्ने सम्भावित १३ खेलाडीहरूको सूचीमा ग्लेन म्याक्सवेल ( कप्तान ) , माइकल बियर, स्कट बोलान्ड, ड्वाइने ब्राभो, ज्याकसन कोलम्यान, ट्रेभिस डिन, बेन डंक, इभन गुल्बिस, सन्दीप लामिछाने, निक लार्किन, लान्स मोरिस, मार्कस स्टोइन्स र एडम जाम्पा रहेका छन्। अस्ट्रेलियाको व्यवसायिक क्रिकेट लिग बिग ब्यासमा एउटा टिमले अन्तिम ११ मा २ जना मात्र विदेशी खेलाडी राख्न पाउँछ।
मेर्लबर्नले सार्वजनिक गरेको १३ खेलाडीको सूचीमा सन्दीप र वेस्ट इन्डिज क्रिकेटर डइने ब्राभो मात्रै २ विदेशी खेलाडी रहेको हुनाले भोलिको खेलमा सन्दीपको खेल्ने सम्भावना प्रबल भएको हो।
बिग ब्यास क्रिकेटमा एडलेड स्ट्राइकर, ब्रिसबेन हिट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरी ८ टिम समावेश छन्।
राउण्ड रोबिन र नकआउट चरणमा हुने प्रतियोगिताको पछिल्लो संस्करण एडिलेड स्ट्राइकरले जितेको थियो ।
सन्दीपले शुक्रबारको खेलमा मैदानमा उत्रन पाएमा आफूले उत्कृष्ट प्रदर्शन गर्ने बताए।
‘मेरो फोकस नै क्रिकेट हो र म यसमै रमाउँछु,’उनले भने।
उमेरले १९ पुगेका यी नेपाली बलरले अस्ट्रेलियमा उत्कृष्ट प्रदर्शन गरेर नेपाल र नेपालीको शिर उचो पार्ने कुरामा आफू कटिवद्ध रहेको बताए।
मेलवर्न महोत्सवका दौरान आफू व्यस्त भएकोले नेपाली दाजुभाइ तथा प्रशंसकहरूलाई समय दिन नसकेको भन्दै सन्दीपले नेपाल र नेपालीप्रति आफ्नो आदर र प्रेम रहेको बताए ।