कल्याणकारी कार्यको थालनीका लागि ग्रानभिल कम्युनिटी क्लबको आयोजनामा सिडनीमा समर क्रुज पार्टी २०१८ सम्पन्न भएको छ।
नयाँ वर्षको उपलक्ष्यमा आयोजित समर क्रुज पार्टीमा अस्ट्रेलियाका नेपाली समाजका अगुवाका साथै नेपालबाट सिड्नी भ्रमणमा आएका नेकपाका नेता देवशंकर पौडेल तथा नेपाली कांग्रेसका पराजित सभासद गणेश लामालगायतको उपस्थिति थियो।
नेपालीको बाक्लो उपस्थिति रहँदै आएको ग्रानभिल क्षेत्रमा करिब तीन हजार नेपालीको बसोबास रहदै आएको छ।
सामाजिक कार्यमा समावेश हुँदै आएको ग्रानभिल समाजले अभिभावक तथा बालबालिकाको बृद्धी विकासलगायत परोपकारी कार्यमा आफूलाई अगाडि बढाउँदै आएको छ।
प्रशान्त महासागरमा चार घन्टा लामो चलेको रात्रिभोजमा समुदायबिच आपसी सदभाव र नयाँ वर्षको शुभकामना साटासाट गरिएको थियो।
कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रका संयोजक धर्मराज अधिकारीले ग्रानभिल समाजको चर्चा परिचर्चा गर्दै हरेक पर्व र उत्सवहरुमा नेपालीजन बिच माया सद्भाव बाड्न पाउनु खुसीको विषय भएको बताए।
उनले चाडबाड र पर्व महोत्सवका नाममा भए पनि आपसी सदभाव र नेपालीमनहरू बिचको सौहाद्रता महत्वपूर्ण पाटो रहेको सुनाए।
कार्यक्रममा निजी भ्रमणमा अस्ट्रेलिया आइपुगेको नेकपाका पूर्वसांसद देवशंकर पौडेल र नेपाली कांग्रेस काभ्रेका पराजित सभासद गणेश लामाले बिदेशमा नेपालीबिचको नेपाल प्रेम, मित्रता र मेल साच्चीकै प्रशंसनीय रहेको सुनाए।
कार्यक्रममा ग्रानभिल समाजका अध्यक्ष रमेश थापाले कार्यक्रममा सहयोग गर्ने समाजका अगुवा तथा ग्रानभिल समाजका सदस्यहरुलाई धन्यवाद दिएका थिए।
क्रुज पार्टीमा एनआरएन अस्ट्रेलियाका पूर्वअध्यक्ष ध्रुब सुवेदी, गोवा कटुवाल, पूर्वआइसीसी सदस्य बालचन्द्र भट्टराई, उपाध्यक्ष दिनेश पोखरेल, वर्तमान उपाध्यक्ष नन्द गुरुङ, सचिव देब गुरूङ, पूर्व युवा संयोजक विजय पोखरेल, आइसीसी खेलकुद संयोजक राजु मानन्धर समाजिक अगुवा श्री नापीत, छिरिङ शेर्पा, रमेश पाण्डे, हरिलाल लामिछानेलगायतको उपस्थिति रहेको थियो।